४ मंसिर २०८१ मंगलबार
image/svg+xml

कृषिमा तेह्र प्रतिशत लगाउनै पर्ने नीति ल्याउँदैछौं

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीले कुल लगानीको १३ प्रतिशत कृषि क्षेत्रमा लगाउनै पर्ने नीति सरकारले ल्याउन लागेको बताएकी छन्।

कृषि केन्द्रलाई १० करोड अनुदान दिइने

वाग्मती प्रदेश सरकारले कृषि व्यवसायको प्रवद्र्धन गर्न भन्दै विभिन्न १० कृषि केन्द्रलाई एक/एक करोडका दरले अनुदान वितरण गर्ने भएको छ।

गिर्दो कृषि

कृषि फलदायी भइरहेको भए, त्यसले जीवनस्तरमा सुधार ल्याएको भए अनि कृषिले किसानलाई खाद्यान्नसँगै सन्तुष्टि पनि उपलब्ध गराउन सकेको भए दोलखास्थित सिस्नेरी र भेड्पुका किसान किन आफ्नो पुख्र्यौली हजारौँ रोपनी छाडेर सहर/बजारका केही आनामा सीमित हुन रमाउँथे होला र ?

तरकारी खेतीमा किसानको आकर्षण

मर्चवार नेपालकै अन्न भण्डारको रुपमा परिचित छ। मुख्य तीनवटा गाउँपालिका मिलेर बनेको रुपन्देही जिल्लाको दक्षिणी क्षेत्र मर्चवारका स्थानीयको मुख्य पेसा कृषि नै हो।

कृषिमा रमाउँदै ठिटो

पैसा कमाउन सहोदर दौतरीहरु विदेश पुगे तर खोटाङको केपीलासगढी गाउँपालिका–३ बासपानीका सुर्यराज राई भने गाउँमै कृषि कर्ममा रमिरहेका छन्। ‘गाउँमै केही गर्न सकिन्छ‘ भन्ने मान्यता बोकेका २३ वर्षीय राईले व्यवसायीक रुपमा विभिन्न प्रजातीका तरकारी खेती तथा माहुरी पालन गरिरहेका छन्। गोलबेँडा, बन्दाकोभी, फूलकोभी, ब्रो–काउली, ग्याटकोभी, प्याज, अदुवा, बेसार लगायतका तरकारी खेतीबाट उनले घरैमा बसेरै लोभलाग्दो आम्दानी गरिरहेका छन्।

कृषिमा साढे दुई खर्ब कर्जा

कृषिमा निजी क्षेत्र आकर्षित भएपछि यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढेको छ। ताजा तथ्यांक अनुसार यस क्षेत्रमा बैंक वित्तीय संस्थाले साढे दुई खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

उल्टो कृषि–विकास योजना

अहिलेको कृषि–विकास योजना उल्टो देखिन्छ। हरेक समुदाय, वडा र पालिकास्तरमा भूमि र कृषि परिवेश विश्लेषण गरेर त्यसैका आधारमा योजना बनाई किसानको हितमा हुने गरी कार्यान्वयन गरे मात्र देशको कृषि–क्षेत्रको विकास हुन्छ।

कृषि सचिवको राजीनामा स्वीकृत

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ । खुल्ला प्रतिस्पर्धाबाट संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) एसियाप्यासिफिक प्रमुखमा नाम निस्किएपछि जिसीले राजीनामा पेश गरेका थिए ।

मारमा किसान

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले गत शनिबार सार्वजनिक गरेको ३०.४२ लाख करोड भारतीय रुपैयाँको बजेटले कृषिलाई उच्च प्राथमिकता दिएको छ। यो वर्ष दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्य भारतको छ।

कृषि उत्पादन घटेकै हो ?

परिवारका सदस्य विदेशिएपछि यता किन दुःख गरेर खेती गरिररहने ? बसीबसी खान छिमेकी मुलुकमा अन्न उत्पादन भइहाल्छ। यही मानसिकताले कृषिजन्य वस्तुको आयात बढाएको हो।

रोल्पामा कृषि क्याम्पस

रोल्पाको माडिचौरमा कृषि क्याम्पस स्थापना गरिएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायतर्फको प्राकृतीक श्रोत ब्यबस्थापन कलेजको सोमवार उर्जा मन्त्री बर्षमान पुनले उद्घाटन गरेका हुन।

नेपाली किसानलाई थप चुनौती

स्वदेशी कृषिजन्य वस्तुले भारतबाट आयातितसँग प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा आगामी दिन नेपाली किसानका लागि थप चुनौतीपूर्ण हुने देखिएको छ।

महोत्सवमा कृषिलाई पहिलो प्राथमिकता

हाम्रो मुलुक कृषिप्रधान देश हो। यो देशको अर्थतन्त्र धान्नमा कृषिको महतवपूर्ण भूमिका छ। हामीलाई आवश्यक पर्ने कृषिउपज यही उत्पादन हुनुपर्छ भन्नेमा हाम्रो ध्यान छ।

कृषिप्रति विकर्षण

रोजगारीका लागि हरेक दिन १५ सयभन्दा बढी नेपाली युवा विदेशिने गरेको तथ्यांक सरकारले नै पेस गरिरहेको छ। यता नेपालमा भने गरिखाने भूमि बाँझै छन्।

छापामार कमान्डरको कृषिक्रान्ति

स्वास्थ्य र पर्यटन गरी दुई कार्यकाल मन्त्री बनेका लोकेन्द्र विष्ट राजनीतिबाट विमुख बनी ‘ड्रागन खेतीमा लागेका छन्। ४० वर्ष लामो राजनीतिक जीवनलाई बिट मारेर किन कृषि उद्यममा लाग्नुभएको ? भन्ने प्रश्नको उनले जवाफ दिए, ‘फोहोरी खेल राजनीतिसँगै म सती जान सकिनँ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्