६ आश्विन २०८१ आइतबार
image/svg+xml

बिपीको गतिरोध अन्त्य गर्न सहमति

प्रतिष्ठानमा शुद्धीकरण आन्दोलन गरिरहेको संयुक्त संघर्ष समितिले उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले गरेको सहमति कार्यान्वयन नभएको आरोप लगाई आइतबार सेवा ठप्प पारेको थियो।

सत्ता गठबन्धनको बैठक: मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिने सहमति

सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ।

पार्टीबाट मन्त्री छान्ने जिम्मा नेपाललाई

नेकपा (एस) संसदीय दलको आइतबार बसेको पहिलो बैठकले संसदीय दलको नेतामा माधवकुमार नेपाललाई सर्वसम्मत चयन गरेको छ। बैठकले पार्टीबाट सरकारमा मन्त्री हुनेहरूको नाम चयन गर्ने जिम्मेवारी पनि नेपाललाई दिएको छ। नेकपा (एस) ले ६ वटासम्म मन्त्रालय पाउने सम्भावना छ।

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ। नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, मुख्यसचिव शंकरदास बैरागी सहभागी छन्।

नयाँ दलले मान्यता पाएपछि मात्र मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा केही समय मन्त्रिपरिषद् विस्तार नगर्ने समझदारी भएको छ । दाहालले भने, ‘निर्वाचन आयोगमा दर्ता नयाँ पार्टीको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

बागमती प्रदेशकाे यातायातमा भाडा समायोजन गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा भाडा सु–व्यवस्थितरूपमा निर्धारण गर्न प्रदेश यातायात निर्देशनालयका प्रमुख संयोजक रहेको सात सदस्यीय सिफारिस समिति गठन गरेको छ।

अध्यादेश गलत अभ्यासको निरन्तरता

सरकारले अध्यादेश सिफारिस गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि पूर्ववर्ती केपी शर्मा ओली सरकारका गलत कामलाई निरन्तरता दिने बाटोमा लागेको टिप्पणी भएको छ। संसद् अधिवेशन अन्त्य भएको २४ घन्टा नहुँदै ल्याइएको यो अध्यादेश सर्वोच्च अदालतको संवैधानिक इजलासले दुई महिनाअघि दिएको आदेशविपरीत छ।

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।

मन्त्रिपरिषद् बैठकः प्रदेश २ का प्रमुख बर्खास्त, हरिशंकर मिश्रलाई नयाँ नियुक्तिका लागि सिफारिस

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज (झा) लाई बर्खास्त गरेको छ। नयाँ नियुक्तिको लागि हरिशंकर मिश्रलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

काम गर्नको लागि धेरै मन्त्री चाहिँदैन : डा. भण्डारी

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता भण्डारीले आज/भोलिभित्रै मन्त्रिपरिषद् विस्तार हुने बताउँदै काम गर्नका लागि मन्त्रीको संख्या धेरै नचाहिने बताएका हुन्।

प्रधानमन्त्रीले एमाले फुटाएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्न चाहे: विमला राई

'सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मेरो सरकार टिकाउन मन्त्रिपरिषदमा ज्वाईन गराउला भनेर पर्खेर बस्ने प्रधानमन्त्री हो? यति कमजोर प्रधानमन्त्री। चिन्ता शेरबहादुर जी कमजोर हुनु भो भनेर होइन, चिन्ता फेरि संसदीय व्यवस्था कमजोर हुन्छ भन्ने हो। यो व्यवस्थालाई कमजोर बनाउने काम नगर्न प्रधानमन्त्रीलाई मेरो अनुरोध छ।’

प्रधानमन्त्री कार्यालयमा ९ सचिव

प्रधानमन्त्री कार्यालयमा सचिवहरू शिशिर ढुंगाना, लक्ष्मण अर्याल, बैकुण्ठ अर्याल र धनराज ज्ञवाली कार्यरत छन्। केही समयअघि बढुवा भएका अन्य ५ जना सचिवलाई प्रधानमन्त्री कार्यालयमा कुनै जिम्मेवारी नदिई अतिरिक्त समूहमा राखिएको छ। जब कि ५ वटा मन्त्रालयमा सचिव पद रिक्त छ।

मन्त्रिपरिषद् विस्तारमा विलम्ब

दलीय सहमतिमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने बताइए पनि साँझसम्म कुन दलले कति र कुनकुन मन्त्रालय पाउने भन्नेसमेत टुंगो लाग्न नसकेको स्रोतको दाबी छ। सत्तारुढ दलभित्र मन्त्रीका आकांक्षी बढी हुँदा शीर्ष नेताहरूले आफूलाई समस्या रहेको भन्दै मन्त्रालयको संख्या थप्न माग गर्दै आएका छन्। तर, सबै दलभित्रको समस्या उस्तै हुनुका साथै एमाले नेता माधवकुमार नेपाल पक्षको सहभागिताको विषयले पनि सरकार विस्तारमा ढिलाइ भएको छ।

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सकेसम्म एमाले नेता माधवकुमार नेपाल पक्षलाई पनि समेटेर सरकार विस्तार गर्ने समझदारी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्