२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

काम गर्नको लागि धेरै मन्त्री चाहिँदैन : डा. भण्डारी

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सभासद् डा. चन्द्र भण्डारीले काम गर्नको लागि धेरै मन्त्री नचाहिने बताएका छन्।  

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता भण्डारीले आज/भोलिभित्रै मन्त्रिपरिषद् विस्तार हुने बताउँदै काम गर्नका लागि मन्त्रीको संख्या धेरै नचाहिने बताएका हुन्। उनले अहिले मन्त्री बन्ने आकांक्षीहरु धेरै भएको सुनाउँदै अहिले धेरै कुरा गर्नुभन्दा पनि जनताको पक्षमा काम गर्नुपर्ने बेला भएकोमा जोड दिए।

‘देशमा व्याप्त भएको भ्रष्टाचारको कारण जिउँदै मान्छे मरेको छ। वास्तवमा यो सरकारले भ्रष्टाचारमा लिप्त भएकाहरुलाई कारबाही गर्नुपर्छ। बरु, यसको लागि छुट्टै उच्चस्तरीय आयोग बनाउने हो कि, अथवा अख्तियारलाई पनि अझै प्रभावकारी बनाउने हो कि?’ उनले भने।

त्यस्तै, विकास निर्माणको पाटोमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ। उनले जनताले दुई तिहाई जनमत दिएर सरकारमा पठाउँदा पनि कम्युनिष्ट पार्टी सरकारबाट बाहिरिनु परेको र कांग्रेस सरकारमा जानु परेको सुनाए।

प्रकाशित: २५ श्रावण २०७८ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App