२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

म मरेको छैन

मैले गम्भीर सोधाइको जवाफ दिएँ, ‘हामी मान्छे हौं। हाम्रो जिम्मेवारी छ। समाज र दुनियाँलाई केही गरेर देखाउन पहिला त त्यो कुराको महसुस हुनुपर्छ। यसैले म मरेको छैन भनेर आफ्नो अलग पहिचान बनाउन लेख्छु।’

विजय आचार्यका बालकृतिहरूको अध्ययन विमोचन

प्यूठान साहित्य परिषद् प्यूठानको नवौं अधिवेशनको अवसरमा ‘विजय आचार्यका बालकृतिहरूको अध्ययन’ विमोचन गरिएको छ।

लोकतन्त्र

उनले बहुमतको कदरले मात्र प्रजातन्त्र नबाँच्ने कुरा गरिन्। साँचो लोकतन्त्र घरदैलोमा पुर्‍याउन अल्पमतको कदर गर्नुपर्ने अडान राखिन्। मतले हैन, बुद्धिले शासन चल्नुपर्ने कुरा गरिन्।

पालो

पेटको दुखाइ सहन नसकेपछि राजधानीको मुटुमा रहेको अस्पताल पुगें। पैसा तिरेर टोकन नं. ५१ हातमा आएपछि भिडियो एक्सरेको लाइनमा पुग्दा आठ बजेको थियो।

समालोचक खेमराज पोखरेलको ‘पाठकीय सन्दृष्टि’ को लोकार्पण

काठमाडौं, बत्तीसपुतलीस्थित तृप्त रेस्टुरेन्टमा समालोचक खेमराज पोखरेलद्वारा लिखित तथा मोलुङ फाउन्डेसनद्वारा प्रकाशित ‘पाठकीय सन्दृष्टि’ नामक कृतिको लोकार्पण भएको छ।

लैङ्गिक विभेदका अनेक सवाल र काँगियोको कथा

उनी आफैले पनि बालककालमै भोगेका यौन शोषण (सेक्सुयल हेरेसमेन्ट) घरभित्रै भोगेका तितातिता तिरस्कारहरू, कुसंस्कारको मारमा महिनाबारी हुँदाको बेला भोगेका अथाह मानसिक पीडा आदिसँग जब उनले छाउपडीको यथार्थ सत्यतालाई जोड्न पुगिन्; उनी त्यति बेला असह्य पीडामा छटपटिइन्। यही आधारभूमिमा निर्माण भएका उनका सिर्जनाहरू अहिले बिडम्बनाको नामबाट ग्यालरी क्लासिक दिर्घामा प्रदर्शित छन्।

जीवन सञ्चालनको आध्यात्मिक विज्ञानः धर्म विज्ञान

आयुर्वेदमा भनिएको छ कि विषलाई पनि मात्राको अनुसार उपयोग गर्नु भयो भने औषधिको काम गर्छ। ठाक्यै त्यस्तै अमृतलाई पनि बिना मात्राको उपयोग गरियो भने विषजस्तो काम गर्छ ।

इँटा ओसार्ने विद्वान् र शक्तिशाली राजा

भैरव रिसाई जनतालाई ठूलो दुःख दिन थालेका थिए। जान्ने बुझ्ने, तान्त्रिक गुभाजूहरूसँग परामर्श गर्दा भैरव समेतले मान्नुपर्ने तन्त्रशास्त्रका अधिष्ठात्री महासिद्धिलक्ष्मीको तीनतले भैरव मन्दिरभन्दा अग्लो मन्दिर, भैरवकै अगाडि बनाएमा भैरव शान्त भई उनले रक्षा गर्न सक्दछन् भन्ने सर्वसम्मत समाधानको उपाय आएको थियो।

भाग्य

उनले हरिबहादुरको हात हेर्दै भने, ‘केटा तेरो हस्तरेखाले त्यति राम्रो देखाउँदैन। तेरो भाग्यमा सुखशान्ति देखिंदैन।’

दिग्भ्रम

उनलाई मक्खीचुस डाक्टरदेखि रिस पनि उठ्यो। एकमनले मुद्दा ठोक्दिऊँझैं लाग्यो। यो वेदनाको क्षतिपूर्ति असुल गरौं भन्ने मनसाय नआएको होइन तर फेरि उनी बुद्ध बनिन्। उनी सोच्न थालिन्,‘आखिर चिकित्सकहरू रोगीका लागि सैतान कि भगवान् हुन्।’

ध्यान

उनीसँग रिसाउन लाग्दा मुस्कुराउँदै भनिन्, ‘हजुर हिंड्नेबित्तिकै वान्ता भयो। के बोलाउनु भनेर एक्लै आएकी थिएँ। म भोलि नै गाउँ जान्छु। यो शहरमा एक्लै बस्नु हुँदैन रहेछ।’

लक्ष्मण अर्यालका दुई लघुकथा

कठघरामा उभिएर एउटा छेपाराको नाइकेले भन्यो, ‘जीवनका लागि रङ फेर्ने हाम्रो धर्म मान्छेले लुटे श्रीमान्! मान्छेमाथि सशक्त कारबाही होस्।’

कदम

‘के गर्नु जातभातको कुरा निकालेर समाजले छोरी त्याग्न बाध्य बनाएको थियो। आखिर जात सानो होइन रहेछ, हाम्रो सोच पो सानो रहेछ त। संसार बदल्नु छ भने सुरुवात आफैंले गर्नुपर्‍यो नि।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्