३ असार २०८१ सोमबार
image/svg+xml

इलाम क्षेत्र १ मा खनालको उम्मेदवारी दर्ता

सूर्याेदय नगरपालिकाको फिक्कलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा खनाल आफूू उपस्थित हुन नसकेपछि वारेसमार्फत् दीपक पौडेलले उनको मनोनयनपत्र दर्ता गराए।

एकीकृत समाजवादीका नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश

बिहीबार साँझ बालकोटमा नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरी लगायत नेताहरूलाई माला र टीका लगाई पार्टी प्रवेश गराएका थिए।

संसद भंग गर्नेलाई सजाय दिने अवसर आयोः मन्त्री चौधरी

नयाँ संविधान समावेशी, प्रगतिशील, महिलामैत्री, सिमान्तकृत जनजातीका पक्षमा रहेकाले यसलाई समाप्त पार्न केपी ओली लागेको बताए।

लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद्ः झलनाथ खनाल

उनले समाजवादले मात्रै समाजमा भएका वर्गिय शोषणलाई समाप्त गर्नसक्ने बताए। हालसम्म महिलाहरुलाई ३० प्रतिशत मात्रै अधिकार दिइएको भन्दै जनसंख्याको हकले महिलालाई ५० प्रतिशत अधिकार दिनुपर्ने बताए। उनले समाजवाद प्राप्त नहोउन्जेल संघर्षलाई जारी राख्नुपर्ने बताए।

उम्मेदवार नेकपा एसको भागमा परेको खबरपछि तरंगियो राजनीति, तीन दलले दिए बेग्लै राय

राय पेश गर्ने निर्णयमा काँग्रेसका जिल्ला उपसभापति डिल्लीरमण बराल, सचिव नन्दकुमार ओझा र क्षेत्र १(ख) का क्षेत्रीय सभापति खगेनसिंह हाङगाम, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) र जिल्ला संयोजक बिष्णुकुमार हाङ्वाङ (बिरु) र नेकपा एसका जिल्ला अध्यक्ष छिरिङ लामा र मेरिङ्देन गाउँपालिकाका उपाध्यक्ष समेत रहेका नेता दुर्गाहाङ् श्रेङचोङ्वाङको हस्ताक्षर रहेको छ।

समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने दिशामा अघि बढ्न जरुरी छः झलनाथ खनाल

'अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अवस्थामा आएका छौँ। विगतमा जसरी सम्भावना र चुनौतीहरु थिए। अहिले पनि सम्भावना र चुनौती दुवै छन्। चुनौतीहरुको सामना गर्नुपर्नेछ। हामीले यस्ता नेताहरुको जीवनीबाट कसरी यो देशलाई समृद्धितर्फ लैजाने भन्नेकुरा सिक्नुपर्छ। अबको अवस्थामा एउटा समृद्ध नेपाल निर्माण गर्ने उत्तरदायित्व हाम्रो सामु छ।'

नेकपा एस र जसपाले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझायो

‘संविधान र कानुनको परिभाषा भित्र रहेर समानुपातिकतर्फको उम्मेदवारी दिएका छौं।’

निर्वाचनमा मेरो जिल्लामा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा गर्नु हुँदैनः प्रेम आले

'स्थानीय निर्वाचन हुनुभन्दा अगाडि काठमाडौँको मेयर बालेनको मत कति थियो? स्वतन्त्र रुपमा निर्वाचित हुनुभयो। उहाँको मत कति थियो? उहाँको कुनै मत नै थिएन। त्यसलाई स्थानीय निर्वाचनलाई आधार मानेर दलहरुले विद्रोहको प्रयास गरिराखेका छन्। यसप्रति हाम्रो एकदमै ध्यानाकर्षण भएको छ।’

गठबन्धनको राजनीतिप्रति नकारात्मक हुनुपर्ने अवस्था छैन: नेता खनाल

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको हरेक राजनीतिक परिवर्तन गठबन्धनबाटै सम्भव भएको उल्लेख गर्दै अब पनि नेपालमा गठबन्धनको राजनीतिक लामै समय रहने जिकीर समेत गरे।

उठेर दुई कदम हिड्न नसक्ने वृद्धहरुले समेत टिकटको आकाक्षां राखेका छन्ः माधव नेपाल

‘उठेर दुई कदम हिँड्न सक्दैन विचरा वृद्ध भइसक्यो। तैपनि मर्ने बेलामा एकचोटी त पाउँ, अरु केही भएन भने नाम भएपनि त्यहाँ टाँसिन पाउँ। के होला, कस्तो गाह्रो?’ ती आकांक्षीहरुले टिकट नपाउने हो भने बेहोस् हुने हो की भन्ने आफूलाई चिन्ता लागेको छ’, नेपालले भने।

एमालेसँग संवादमा लोसपा

तराई मधेसकेन्द्रित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले नेकपा एमालेसँग औपचारिक तथा अनौपचारिक संवाद र सम्पर्क गरेका छन्।

नेकपा समाजवादीका अध्यक्ष बस्नेत घर तोडफोड

'करिब आठ जनाको समूह आएका थिए तर घरभित्र भने तीन जनामात्रै आएका थिए, कान्छो छोरा आडम मसँगै थियो, एक जनाले हातमा पेस्तोल लिएको थियो, त्यसले सिधैँ हामी सुत्ने कोठामा आएर मेरो पेस्तोल कन्चटमा राखेर डर, त्रास र धम्की दियो, अरुले अन्य कोठामा खोजी गरे। तर उहाँलाई देखेनन्, मेरो जेठो छोरा आदेशसँगैको कोठामा सुतेको थियो, उ उठेर आएपछि एक जनाले उसलाई समाउन खोज्यो, अर्कोले त्यो होइन छाडिदे भने पछि गालामा हान्यो र ढोका तोडफोड गरेर फर्किए।'

समानुपातिकमा २० लाख मत पाउँछौँ: अध्यक्ष नेपाल

गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे।

२४ भन्दा बढी सिटमा एकीकृत समाजवादीको दाबी

‘विगतको निर्वाचनको कुल सिटलाई आधार मानेर भागबण्डा मिलाउने प्रयास भइरहेकाले चाँडै गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको विषय टुंगो लाग्छ।’

आन्दोलनरत कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न नेता कर्णको आग्रह

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता कर्णले निर्वाचनको मुखमा आन्दोलन चर्किए त्यसले राम्रो नगर्नेतर्फ सचेत गराउँदै उनीहरुको माग तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्