coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने दिशामा अघि बढ्न जरुरी छः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले भनेको समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने दिशामा अघि बढ्न जरुरी रहेको बताएका छन्।

बिहीबार काठमाडौँमा भएको पूर्व प्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँच पटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले देशको सामाजिक, आर्थिक रुपान्तरणलाई तीव्र बनाउने र देशमा भोगिरहेका समस्याको समाधान गर्दै स्वतन्त्रता, सार्वभौमिक सत्तालाई सदृढ गर्ने दायित्व रहेको बताए।

नेता खनालले स्व. थापाको जीवनीबाट देशको विकास कसरी गर्ने भन्नेकुरा सिक्न सकिने बताए। उनले अहिले देशमा सम्भावना र चुनौती दुवै रहेकोले चुनौतीको समाधान गरेर अघि बढ्न आवश्यक रहेको बताए।

उनले भने, ‘सूर्यबहादुर थापाको जीवन नेपालीहरुले शिक्षा लिन योग्य जीवन हो। अहिलेको अवस्थामा हामी विगत पार गरेर आएका छौँ। अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अवस्थामा आएका छौँ। विगतमा जसरी सम्भावना र चुनौतीहरु थिए। अहिले पनि सम्भावना र चुनौती दुवै छन्। चुनौतीहरुको सामना गर्नुपर्नेछ। हामीले यस्ता नेताहरुको जीवनीबाट कसरी यो देशलाई समृद्धितर्फ लैजाने भन्नेकुरा सिक्नुपर्छ। अबको अवस्थामा एउटा समृद्ध नेपाल निर्माण गर्ने उत्तरदायित्व हाम्रो सामु छ। त्यसलाई पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई सुदृढ गर्नुपर्छ। देशको सामाजिक, आर्थिक रुपान्तरणलाई तीव्र बनाउने, देशमा भोगिरहेका जतिपनि समस्या छन्, समाधान गर्ने, देशको स्वतन्त्रता, सार्वभौमिक सत्तालाई सदृढ गर्ने र आजको संविधानले भनेको जस्तो समृद्ध नेपाल, समाजवादी नेपाल निर्माण गर्ने दिशातर्फ अघि बढ्नुपर्ने आवश्यक्ता छ।’

सम्मानित नेता खनालले स्व. थापाको जीवन नेपालीहरुका लागि शिक्षा लिन योग्य जीवन रहेको उल्लेख गरे।

प्रकाशित: ६ आश्विन २०७९ १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App