७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसद भंग गर्नेलाई सजाय दिने अवसर आयोः मन्त्री चौधरी

नेकपा (एकीकृत समाजवादी)का पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वाेच्च निकाय प्रतिनिधि सभा भंग गर्नेहरूलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन्।

एकीकृत समाजवादी क्षेत्र नं १, दाङको आयोजनामा सोमबार लमहीमा आयोजित दशैं तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरी भने, ‘सबै मिलेर बिगतमा पञ्चायत फालियो। राजतन्त्र फालियो। नयाँ संविधान मार्फत् गणतन्त्र पनि सबै मिल्दा मात्र सम्भव भएको हो। अब फेरि जसले जनताको सर्वाेच्च निकाय प्रतिनिधि सभा दुई दुई पटक भंग गर्याे त्यसलाई सजाय दिने सुनौलो अवसर आएको छ।’

नयाँ संविधान समावेशी, प्रगतिशील, महिलामैत्री, सिमान्तकृत जनजातीका पक्षमा रहेकाले यसलाई समाप्त पार्न केपी ओली लागेको बताए। ‘विश्वमै उत्कृष्ट संविधान हामीले बनाएका थियौँ। जनताको ठुलो त्याग र बलिदानबाट बनेको नयाँ संविधानमाथि किन निरन्तर प्रहार भयो, किन  त्यत्रो उपलब्धि समाप्त पार्न खोजियो भन्ने कुरा अब जनताले बुझिसकेका छन्’ उनले भने, ‘राष्ट्रिय सभाको चुनावदेखि स्थानीय चुनावसम्म आइपुग्दा ओली पार्टी रक्षात्मक बन्दै गएको छ र अबको चुनाबबाट समाप्त हुने दिशातर्फ उन्मुख भएको छ।’

प्रकाशित: १८ आश्विन २०७९ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App