८ वैशाख २०८१ शनिबार
राजनीति

उठेर दुई कदम हिड्न नसक्ने वृद्धहरुले समेत टिकटको आकाक्षां राखेका छन्ः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टी भित्र गाह्रो भइरहेको बताएका छन्।

अध्यक्ष नेपालले टिकट दाबी नगरेपनि हुन्थ्यो नि भन्नेहरुले पनि टिकटको चर्को दाबी गरिरहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताएका हुन्।

बुधबार काठमाडौँमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै उनले उठेर दुई कदम पनि हिँड्न नसक्ने बुढाहरुले समेत टिकटको आकांक्षा चर्को रुपमा राखेको बताए।

‘उठेर दुई कदम हिँड्न सक्दैन विचरा वृद्ध भइसक्यो। तैपनि मर्ने बेलामा एकचोटी त पाउँ, अरु केही भएन भने नाम भएपनि त्यहाँ टाँसिन पाउँ। के होला, कस्तो गाह्रो?’ ती आकांक्षीहरुले टिकट नपाउने हो भने बेहोस् हुने हो की भन्ने आफूलाई चिन्ता लागेको छ’, नेपालले भने।

उनले भने, ‘अब मंसीर ४ गते चुनाव हुन गइरहेको छ। सबैलाई टिकट चाहिएको छ। अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन। भनेपछि चाहना हेर्ने हो भने आकाशिएको छ। सबै एकदम काबिल भएर आएका छन्। को काबिल, को काबिल छैन? त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं। नगरेपनि हुन्थ्यो नि दावा भन्ने पनि चर्को दाबी गरिरहेका छन्।’

अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरुलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराए। त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उनको भनाइ थियो।

प्रकाशित: २९ भाद्र २०७९ ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App