१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

इलाम क्षेत्र १ मा खनालको उम्मेदवारी दर्ता

मनोनयनपत्र दर्ता गराउनेक्रममा इलाम क्षेत्र १ का सत्ता गठबन्धनका उम्मेदवार

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधामन्त्री झलनाथ खनालले इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ बाट उम्मेदवारी दर्ता गराएका छन्। सूर्याेदय नगरपालिकाको फिक्कलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा खनाल आफूू उपस्थित हुन नसकेपछि वारेसमार्फत् दीपक पौडेलले उनको मनोनयनपत्र दर्ता गराए।  

खनालले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका हुन्। २०४८ सालयता भएका सबै संसदीय निर्वाचनमा उम्मेदवारी दिएकामा खनाल एउटाबाहेक सबैमा विजयी भएका थिए। उनी २०५६ सालको निर्वाचनमा नेपाली काँग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भए। २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका तत्कालीन नेता खनालले काङ्ग्रेसका भूपेन्द्र कट्टेललाई पराजित गरेका थिए।  

प्रतिनिधिसभा क्षेत्र १ मा नेकपा (एमाले)का जिल्ला अध्यक्ष महेश बस्नेतले पनि उम्मेदवारी दिएका छन्। २०५४ देखि ०५९ सालसम्म इलाम नगरपालिकाको मेयर भएका बस्नेत ०७४ सालमा पनि इलाम नगरकै मेयरमा विजयी भएका थिए। यो क्षेत्रमा खनाल र बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ।  

प्रतिनिधिसभा क्षेत्र १ को प्रदेशसभा (क)मा गठबन्धनबाट नेकपा (एस)कै खिनु लङ्वा लिम्बूले उम्मेदवारी दिएकी छिन्। ०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट विजयी लिम्बू १ नम्बर प्रदेशको पर्यटनमन्त्री छिन्। यो क्षेत्रमा एमालेबाट शोभा पराजुलीले मनोनयन दर्ता गराएकी छिन्। उनी सन्दकपुर गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन्।  

प्रदेशसभा (ख)मा काङ्ग्रेसका समशेर राईले गठबन्धनको तर्फबाट उम्मेदवारी दिए। उनी रोङ गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन्। यो क्षेत्रमा एमालेबाट दीपक लिम्बूूले उम्मेदवारी दिए। लिम्बू माई नगरपालिकाको निवर्तमान मेयर हुन्।

प्रकाशित: २३ आश्विन २०७९ ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App