६ आश्विन २०८१ आइतबार
image/svg+xml

महाशिवरात्रि तथा सेना दिवस सम्पन्न

नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । सेनाले बिहीबार टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमहरूको आयोजना गरी सेना दिवस मनाएको हो । सो अवसरमा कार्यक्रमकी प्रमुख अथितिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्दै शहिदहरूप्रति श्रद्धान्जलि अर्पण गरेकी थिइन् ।

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना

एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गरेकी छन्।

हेमबहादुर मल्ल सम्मान डा.दासलाई

राष्ट्रपति कार्यालयमा आयोजित सम्मान कार्यक्रममा संघका अध्यक्ष कृष्णहरि बास्कोटाले डा. दास हेमबहादुर मल्ल सम्मान पाउने १६औं व्यक्ति भएको बताए। दासले सम्मानका लागि आभार प्रकट गरेका छन्।

सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु साझा दायित्व होः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएकी छन्।

राष्ट्रपति भण्डारीको भूमिका पक्षपात र गुटबन्दीले ग्रस्त छ : रामकुरमारी झाँक्री

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूही नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पक्षपात र गुटबन्दीले ग्रस्त रहेको दोहोर्‍याएकी छन्।

दोषी ठहरिए रामकुमारी झाँक्रीलाई ७ वर्षसम्म कैद हुनसक्ने

अदालतबाट दोषी प्रमाणित भए नेतृ झाँक्रीले ७ वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय भोग्नुपर्नेछ।

विगतमा सुनुवाइ नहुँदा फिर्ता भएका थिए सिफारिस

चौतर्फी विरोध हुँदाहुँदै पनि यसपटक संसदीय सुनुवाइबिनै संवैधानिक निकायमा नियुक्ति गरिएको छ । विगतमा भने संसदीय सुनुवाइ हुन नसकेका कारण सिफारिस नै फिर्ता गरिएका थिए ।

‘राष्ट्रपतिले भूल गर्नुभयो’

पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीबाट गरिएको प्रतिनिधिसभा विघटनको सिफारिसलाई कानुनविद् र राजनीतिशास्त्रीसँग छलफल नगरीकन सदर गर्नु भूल भएको बताएका छन्।

गम्भीरतापूर्वक निर्वाचन तयारीमा लाग्नुस् : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले निष्पक्ष, भयरहित, विश्वसनीय रूपमा निर्वाचनका लागि गम्भीरतापूर्वक काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छिन्। आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले आयोग पदाधिकारीसँग शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएकाले तोकिएको समयमै प्रतिनिधिसभाको निर्वाचन गर्न जरुरी भएको बताइन्।

धार्मिक उत्सवले समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई प्रेरणा मिल्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन्।

अध्यादेशले निम्त्याउने संकट

संसद् अधिवेशन नचलेको अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्छन्। संसद्को हिउँदे अधिवेशन बोलाउनुपर्ने चौतर्फी आवाज उठिरहेका बेला अधिवेशन नबोलाई अध्यादेश जारी गरिएपछि संसदीय मूल्य मान्यताको अपमान मात्र हैन आफ्नै दलभित्र सहमति नभई आएको अध्यादेशले राजनीतिक संकट चरम बिन्दुमा पुग्ने संकेत देखिएको छ।

राष्ट्रपतिलाई काँग्रेसको आग्रह, ‘चलखेल गर्ने भए मार्गप्रशस्त गर्नुस्’

राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताविरुद्ध प्रदेश १ संसद्मा तीव्र विरोध भएको छ। मुख्य विपक्षी दल काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सोमबारको संसद् बैठकमा राजनीतिक चलखेल गर्ने मन भए मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्रीले किन भेटे राष्ट्रपतिलाई ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद तीव्र बनिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

मेरो नेतृत्व क्यानको आवश्यकता हो : पारस

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेट संघको व्यवस्थापनमा आफ्नो आवश्यकता रहेको मंगलबार बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्