६ वैशाख २०८१ बिहीबार
राजनीति

धार्मिक उत्सवले समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई प्रेरणा मिल्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन्।

यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाएव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वावास राष्ट्रपतिले व्यक्त गरेकी हुन्।

राष्ट्रपतिले यसबाट दिगो शान्ति प्रबर्द्धनमा सहयोग पुग्ने र समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई थप प्रेरणा मिल्ने विश्वावास पनि व्यक्त गरेकी छन्। क्रिसमस, विश्वसभरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने पर्व हो। इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखलाई धार्मिक/सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउँछन्। रासस

प्रकाशित: १० पुस २०७७ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App