३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

प्रथम स्ववियु भलिबल कपको उपाधि पातारासीलाई

जुम्ला बहुमुखी क्याम्पसद्वारा आयोजित ‘प्रथम स्ववियु भलिबल कप’ को उपाधि पातारासी गाउँपालिकाले जितेको छ।

शनिबार सम्पन्न फाइनल खेलमा तातोपानी गाउँपालिकालाई ३–२ सेटले पराजित गर्दै पातारासीले उपाधि चुमेको हो।

उपाधिसँगै विजेता पातारासीले करकट्टीसहित १ लाख १ हजार १०१ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

उपविजेता बनेको तातोपानीले ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। शनिबारको फाइनल खेल अत्यन्तै प्रतिस्पर्धात्मक बनेको थियो। दुवै टोलीले दुई–दुई सेट जितेपछि खेल निर्णायक पाँचौँ सेटमा धकेलिएको थियो।

यसअघि सेमिफाइनलमा पातारासीले कर्णाली प्राविधिक शिक्षालयलाई सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेको थियो।

विजेता तथा उपविजेता टोलीलाई जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र निमित्त क्याम्पस प्रमुख पदमबहादुर शाहीले पुरस्कार वितरण गरेका थिए।

चैत ९ गतेदेखि सुरु भएको यस प्रतियोगितामा कुल ९ वटा टोली सहभागी थिए।

प्रकाशित: १२ वैशाख २०८३ २१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App