६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

दोषी ठहरिए रामकुमारी झाँक्रीलाई ७ वर्षसम्म कैद हुनसक्ने

तस्वीरः दिपेश श्रेष्ठ/नागरिक

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई शंमखुलबाट पक्राउ गरेको छ। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १ मा रहेको राज्यविरुद्धको कसुर अन्तर्गतको दफा ५८ बमोजिम प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो।  

दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने भन्ने व्यवस्था गरिएको छ। यदी कसैले त्यसो गरेमा ७ वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुन सक्ने व्यवस्था गरिएको छ।

उक्त दफाको उपदफा १ मा ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन नहुने’ व्यवस्था गरिएको छ।

सोही दफाको उपदफा २ मा ‘उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ’ भन्ने व्यवस्था गरिएको छ।

अदालतबाट दोषी प्रमाणित भए नेतृ झाँक्रीले ७ वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय भोग्नुपर्नेछ।

पक्राउ पुर्जीः

प्रकाशित: २९ माघ २०७७ ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App