३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

गोली हानेर भाउजुको हत्या

दाङमा एक युवकले गोली प्रहार गरि आफ्नै भाउजुको हत्या गरेका छन्। घोराही ३ ढिकपुर का बिक्रम थापाले भाउजु पुर्णालाई गोली हानी हत्या गरेका हुन्। आईतवार बेलुका त्रिपुर ७ बडहरा स्थित भाउजुको घरमा गएका बिक्रमले सामान्य भनाभनका क्रममा पेस्तोल प्रहार गरेका थिए।

हुस्सुले विहानैदेखि नेपालगन्ज विमानस्थल बन्द

आइतबार विहानैदेखिको शीतलहर र बाक्लो हुस्सुले नेपालगन्ज राँझा विमानस्थलबाट कर्णाली र राजधानी हुने सबै उडान बन्द भएका छन्। बाक्लो हुस्सुले जहाज अवतरण र उडाकालागि भिजिबिलिटी नहुँदा राँझा विमानस्थल हुँदै कर्णाली र राजधानीका दर्जन उडान रोकिएका छन्।

बञ्चरोले हानेर आमाको हत्या, गाडेको ठाउँमा पिपल रोप्ने छोरा–बुहारी

‘पहिलो प्रहारले छट्पटाएपछि अर्को प्रहार घाँटीमा गरें,’ बुद्धिबहादुरले प्रहरीमा भने ‘आमा चल्बलाउन छाडेपछि दुबैजना मिलेर घसार्दै नजिकैको मकैबारीमा लगेर गाड्यौं।’ उनीहरुका अनुसार गाड्नका लागि एक दिन अघि नै खाल्डो खनेर ठिक्क थियो। खाल्डो खनेकोमा शंका नहोस् भनेर उनीहरुले खनेको जमिनमाथि पिपलको बिरूवा पनि रोपे।

रेलको चिहान र सद्दामका यी ड्राइभर

कुनै बेला बगदाददेखि जेरुशेलमसम्म रेल चलाउने कुरा हुन्थ्यो। तर अहिले बगदादबाट सबैभन्दा लामो रेल रातभरीको यात्रा तय गर्दै बसरासम्म जान्छ। दशकौंसम्म यहाँ काम गरेका चालक अली अल–कारखी भन्छन्,‘ यो रेलको नेटवर्कको सबैभन्दा ठूलो भाग कब्रिस्तान ( चिहान) जस्तो भएको छ।’

रोनाल्डोका फ्यानले दिए साहाना बज्राचार्यलाई एसिड प्रहारको धम्की

हिजो साँझ रियल मड्रिड र बार्सिलोनाको घम्साघम्सी खेल १–१ को बराबरीमा सकिए पनि सामाजिक सञ्जालमा फ्यानबीच चर्चाचर्की चलेको छ।

बिहान गएको भूकम्पले एक जनाको मृत्यु

सोलुखुम्बु र रामेछापको सिमानालाई केन्द्रबिन्दु बनाएर बिहान गएको भूकम्पका कारण आमादब्लम हिमालको आधार शिविरमा हिमपहिरो जाँदा एक जनाको ज्यान गएको छ।

बैंकको ‘तिजोरी’बाट ७२ तोला सुनका गहाना चोरी

वीरगन्जको भानुमार्गस्थित कृषि विकास बैंकबाट करिब ४० लाख रुपैयाँ मुल्य बराबरको सुन र चाँदीका गहना गएराती चोरी भएको छ। आइतबार साँझ ताला बन्द गरिएको बैंक सोमबार बिहान खोलिँदा गहना राखिएको ‘तिजोरी’ (सेफ) खोलेर त्यसभित्रको ७२ तोला सुनका र २७ तोला चाँदीका गहना गायब पारिएको देखिएको थियो।

बिहानै ५.६ म्याग्निच्युडकाे भूकम्पको धक्का

सोमबार बिहानै भूकम्पको धक्का अनुभव गरिएको छ। काठमाडौं उपत्यकाका तथा पूर्वका जिल्लाहरुमा समेत भूकम्पको धक्का अनुभव गरिएको छ।

सुतिरहेका बृद्धको सिलाैटाले हानेर हत्या

सिलौटा प्रहर गरी हत्या गरेको अभियोगमा डाँडा–८ बस्ने ६० वर्षीय भोला सदालाई प्रहरीले पक्राउ गरेको छ ।

ब्रुनार्इ पठाइदिने बहानामा ३० जनासँग १ कराेड ३० लाख ठग्ने पक्राउ

वैदेशिक रोजगारीका लागि ब्रुनाई पठाइदिने भनी ठगी गरेको अभियोगमा नयाँ बानेश्वरस्थित इलान इन्टरनेसनल प्रालिका सञ्चालक घनश्याम अर्याललाई प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जालबाट प्रहरी महानिरीक्षक नै पीडित!

देशमा साइबर अपराधका पीडितको संख्या उल्लेख्य र बढ्दो छ। सुन्दा अचम्म लाग्न सक्छ, पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउने निकाय प्रहरीका प्रमुखसमेत साइबर अपराधबाट पीडित छन्। नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफू सामाजिक सञ्जालमा आउने गलत सूचना, समाचार र स्टाटसबाट पीडित रहेको खुलाए।

राजश्व संकलन सन्तोषजनक: महानिर्देशक शर्मा

आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले वर्तमान कर प्रणाली सन्तोषजनक भएको बताएका छन्। सोमबार रिपोर्टर्स क्लबले पाँचौ राष्ट्रिय कर दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको सााक्षात्कारमा महानिर्देशक शर्माले वर्तमान कर प्रणाली सन्तोषजनक रहेको भन्दै करदाताको संख्या वृद्धि भइरहेको बताएका हुन्।

एमाले नेता नेपालको विरोधमा लहानमा प्रदर्शन

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल आइतबारदेखि लहानमा कार्यकर्ता भेटघाटमा व्यस्त छन्। उनको लहान आगमनको बिरोध गर्दै मधेसी मोर्चाका कार्यकर्ताहरु सोमबार विहानदेखि पूर्वपश्चिम राजमार्गको लहान खण्डमा टायर बालेर विरोध प्रदर्शनमा उत्रेका छन्। सोमवार विहानैदेखि मोर्चाका कार्यकर्ताले टायर बाल्ने र सुरक्षाकर्मीले निभाउने क्रम जारी छ। सो क्रममा सुरक्षाकर्मी र विरोधकर्ताबीच घम्साघम्सी नै भएको थियो।

प्रहरी र अज्ञात समूहबीच गोली हानाहान, एक भारतीयको मृत्यु

रौतहटको लालबकैया खोलाको बाँधमा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान भएको छ। मध्यमाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएका प्रहरीमाथि आज बिहान अज्ञात समूहले गोली चलाएको थियो। लगत्तै प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो।

पूर्ण विद्युतीय बन्दै महानगरपालिका

काठमाडौं महानगरपालिकाले कागजविहिन कार्यालय बनाउन विद्युतीय प्रणाली मार्फत् आफ्ना सबै सेवा प्रदान गर्ने तयारी थालेको छ। गत असारमा सबै वडामा विद्युतीय प्रणालीमार्फत् नक्सा पास थालेको महानगरपालिकाले सबै काम विद्युतीय प्रणालीबाटै गर्ने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्