ओलीको वक्तव्यपछि नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक
नेकपा एमाले माधवकुमार नेपाल–झलनाथ खनाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ।
नेकपा एमाले माधवकुमार नेपाल–झलनाथ खनाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ।
‘अहिले एमालेको मात्रै एकताका बारेमा नसोच्नुस्, कसैले एमाले एकताका बारेमा बुझ्लान् तर हामी कम्युनिस्ट पार्टीहरुका बीचको एकताका पक्षमा छौं । बृहत् रुपले कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा छौं’, नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेर पुरानो पार्टी कमिटी ब्युँताउन तयार रहेको बताएका छन्। आइतबार साँझ पार्टी अध्यक्षका तर्फबाट वक्तव्य जारी गर्दै ओलीले एमालेलाई २०७५ साल जेठ ३ गतेपूर्वको अवस्थाबाट अगाडि बढाइने जनाएका छन्। तर त्यसका लािग विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनबाट एमाले सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने प्रस्ताव गरेका छन्।
आइतबार जारी नेकपा एमालेको एकताको लागि आव्हान गरेको पत्रमा ओलीले पार्टी कमिटी र जनसंगठनहरु पनि मूलभूत रुपमाा २०७५ जेठ ३ पूर्वको अवस्थामा क्रियाशील हुने बताएका छन् ।
‘जबसम्म पार्टी एकताको लागि हामीले लिखित रुपमा दिएको पत्रमा उल्लेखित कुराहरु विश्वसनीय रुपमा पूरा हुँदैन, तबसम्म वार्ता फगत समय कटाउने चाल मात्र ठहरिनेछ।’
सचिव रावलले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई स्पष्टीकरण पठाइएको जानकारी दिए।
विगतमा ओलीका कटु आलोचक र अहिले सारथि बनेका महतोले सरकारमा सहभागी भएलगत्तै मुलुकको संविधान, राष्ट्रिय एकता र अखण्डता विरोधी अभिव्यक्ति दिएका छन्। बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने बताएपछि उनी विवादमा परेका छन्।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसहित १५ नेताले उपप्रधानमन्त्री राजेन्द्र महतोको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
सत्तारूढ दल नेकपा एमालेभित्रको आन्तरिक विवादमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद नगरी दोस्रो तहका नेताहरूसँगको संवादले मात्रै टुंगोमा पुग्न नसकिने निष्कर्ष निकालेको छ।
जेठ १० गते बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। तर, केन्द्रको निर्देशनविपरीत नेपाल पक्षको बहुमत भएको सुदूरपश्चिममा माओवादी सरकारबाट नबाहिरीने संसदीय दलले निर्णय गरेको थियो।
एमाले माधव नेपाल समूहका केन्द्रीय सदस्यहरूको बैठकमा अधिकांशले अध्यक्ष ओलीले संकट पर्दा मात्रै संवाद गर्ने, विभिन्न प्रलोभन देखाउने तर संकट टरेपछि पुरानै स्वभाव देखाउने भएकाले उनलाई विश्वास गर्न नसकिने बताएका छन्। उनीहरूले विश्वासिलो आधार तयार पारी विवाद सुल्झाउन ओली नै अग्रसर हुनुपर्नेमा जोड दिए।
माधवकुमार नेपाल पक्षधर नेकपा (एमाले)का भ्रातृ संगठनहरूले सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने चेतावनी दिएको छ।
नेकपा एमालेको स्थायी कमिटीको बिहीबार बस्ने भनिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
पार्टीको आन्तरिक जीवनबारे छलफल हुने नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बैठक बस्ने भएको हो।
नेकपा (एमाले) ले पार्टीका माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले बोलाएको बैठकमा सहभागि नहुन निर्देशन दिएको छ।