८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले स्थायी कमिटी बैठक फेरि स्थगित

फाइल तस्बिर

नेकपा एमालेको स्थायी कमिटीको बिहीबार बस्ने भनिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। यसअघि हिजो (बुधबार) बस्ने भनिएको  बैठक स्थगित हुँदा आज अपराह्न ४ बजे बालुवाटारमा बैठक बस्नेगरी तय भएको  थियो । 

पार्टी एकताका लागि नेपाल पक्ष र ओली पक्षका दोस्रो तहका नेताबीच छलफल चल्दै गर्दा बैठक पटक पटक स्थगित हुँदै आएको छ ।  

मंगलबारको बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि हदैसम्म पहल गर्ने निर्णय गरेको थियो । त्यसयता दैनिक जसो बैठक स्थगित हुँदै आएको हो । एमालेका दोस्रो पुस्ताका नेताहरुबीच पछिल्ला दिनमा बाक्लिएको वार्तासंगै बस्न लागेको स्थायी कमिटी बैठकले एकताको पक्षमा थप केही लचिलो निर्णय गर्न सक्ने अनुमान छ ।  

प्रकाशित: २० जेष्ठ २०७८ ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App