नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिको अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका छन् ।
आइतबार जारी नेकपा एमालेको एकताको लागि आव्हान गरेको पत्रमा ओलीले पार्टी कमिटी र जनसंगठनहरु पनि मूलभूत रुपमाा २०७५ जेठ २ पूर्वको अवस्थामा क्रियाशील हुने बताएका छन् ।
ओलीले यसबीचमा भएका कारवाही फिर्ता गरिने बताए । कसैमाथी कुनै पुर्वाग्रह र भेदभाव नराखिने बताउँदै आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुनुपर्ने प्रष्ट पारेका छन् ।
प्रकाशित: २३ जेष्ठ २०७८ १६:०१ आइतबार