२१ आश्विन २०८१ सोमबार
image/svg+xml

वडा सदस्यमा पराजित झा प्रदेशसभामा सिफारिस

गएको स्थानीय चुनावको परिणाम अनुसार धनुषामा कमजोर देखिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा पराजित भएकाहरुलाई समेत प्रतिनिधि र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारको रुपमा सिफारिस गरेका छन्।

आयोजनामा २ अर्ब १६ करोड सकियो, धरानको खानेपानी समस्या उस्तै

मेयर साम्पाङले आयोजनाको काम र भएको खर्चबारे प्रश्न उठेकोले चाँडै छानविन गर्ने बताएका छन्। उनले भने, ‘आयोजना असफल भयो भन्ने मलाई लाग्छ। तर परामर्शदाताले पानी उत्पादन भएको छ, वितरणमा समस्या हो भन्छ। के भएको हो, त्यो पनि हेछौं। २ अर्ब पैसा सकियो तर पानीको समस्या उस्तै छ। खर्च भएको हिसाब कति जायज हो, त्यसबारे पनि छानविन हुन्छ।’

मोहना नदीमा एक किशोरीको शव फेला

घरबाट स्कुल जान्छु भनेर हिँडेकी शर्मा गत सोमबारबाट बेपत्ता भएकी थिइन्। बेपत्ता शर्माको खोजीका लागि आफन्तले प्रहरीलाई जानकारी गराएपछि उनको खोजीका लागि प्रहरी टोली खटिएको थियो।

ऐन विपरीत वनको जग्गामा साबुन उद्योग स्थापना गर्ने धरान उपमहानगरको प्रयास

मेयर साम्पाङ भने धरानलाई आत्मनिर्भर र समृद्ध बनाउन उत्पादनमुखी काम गर्न खोज्दा वन कार्यालय र उपभोक्ता समूहले वाधा गरेको भन्दै असन्तुष्ट छन्। उनले आफ्नो आधिकारिक फेसबुक पेजबाट असन्तुष्टी पोखिरहेका छन्।

हेटौंडामा डेंगुका बिरामी बढे, लार्भा नष्ट गर्ने अभियान तीव्र

’पछिल्लो समय हेटौंडा बजार क्षेत्रमा डेंगुको संक्रमण बढेको पाएपछि हामीले रोग नियन्त्रणका लागि लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरिरहेका छौं’, लामाले भनिन्, ‘यो अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र विभिन्न सरोकारवाला निकायले सक्रियतापूर्वक सहभागिता जनाइरहेको छ। संक्रमण दर घटाउँदै डेंगु नियन्त्रण गर्ने अभियानमा रहेका छौं।’

नेपालगन्ज उपमहानगरद्वारा पुरानै मापदण्डअनुसार नक्सा पास

नेपालगन्ज उपमहानगरपालिकाले अहिले पनि स्थानीय निकायको रूपमा रहेका बेलाकै मापदण्डका आधारमा भवनको नक्सा दिइरहेको छ।

डेंगी नियन्त्रणका लागि मकवानपुरमा घरदैलो अभियान

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि घरदैलो अभियान सञ्चालन गरिने भएको छ।

मानव बेचबिखन आरोपमा तीन जना पक्राउ

प्रहरीका अनुसार उनीहरूले दुबै बालिकाहरूलाई घरबाट ललाई फकाई भारतको दिल्लीतर्फ बेचबिखन गर्ने उद्देश्यले लगि रहेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

मोटरसाइकल दुर्घटना हुँदा, बाबु-छोराको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बेलबास चोकमा पश्चिमबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। मोटरसाइकल ठोक्किँदा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल लु १ क ४४२४ नम्बरको ट्याङ्करमुनी पर्न जाँदा उक्त मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको हो।

हेटौंडा उपमहानगरद्दारा प्रेस युनियनलाई १० लाख र सारी कोटको पुरानो रकम भुक्तानी गर्ने निर्णय

कार्यपालिकाले हेटौंडामा साउन ६–७ मा सम्पन्न युनियनको ९ औं महाधिवेशनको खर्चवापत् १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

धरान उपमहानगरपालिकाले नकुहिने फोहाेर व्यवस्थापन गर्न सकेन

फोहाेर फालिएको स्थानमा जलाउने गर्नाले सडकमा समेत प्रदूषण बढेको छ। यस विषयमा आवाज उठेपछि बाँझगरा सामुदायिक वन उपभोक्ता समूहले केही समय अगाडि उचित व्यवस्थापन गर्न उपमहानगरसँग अनुरोध गरेको थियो।

धनगढीमा भू–माफियाको रजगजः खोला पुरेर जग्गा कब्जा,डोजर चलाउँदै उपमहानगर

स्थानीयले उपमहानगरपालिकामा उजुरी दिएपछि मेयर गोपाल हमालले स्थलगत अवलोकन गरी डोजर लगाएर ह्युम पाईप निकालेर खोलालाई प्राकृतिक रुपमा फर्काउने प्रयास गरिरहेका छन्।

नेपालगन्जमा फुटपात हटाउन सडकमा आफैं निस्किए मेयर विष्ट

नेपालगन्ज उपमहानगरपालिकाको सबैभन्दा व्यस्त रहने सदरलाईन, घरबारीटोल, न्युरोड, त्रिवेणी मोड, त्रिभुवन चोक, धम्बोझी, कारकाँदो, फुलटेक्रा, भेरी अस्पताल रोड लगायत स्थानमा फुटपात अतिक्रमण बढेको हो।

बालेनलाई साम्पाङको अर्को कटाक्ष: सबैको बाँच्ने अधिकार हुन्छ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाहको काममाथि अर्को टिप्पणी गरेका छन्।

धरानको बानेटारमा जलासय बनाउन अध्ययन शुरु

धरानको खानेपानी समस्या हल गर्न जलासय बनाउनको लागि सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव पारित गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्