coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धरानको बानेटारमा जलासय बनाउन अध्ययन शुरु

धरानको वडा नं २० स्थित बानेटारमा जलासय बनाउन सम्भाव्यता अध्ययनको प्रारम्भिक चरणको काम शुरु भएको छ।  

धरानको खानेपानी समस्या हल गर्न जलासय बनाउनको लागि सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त महत्वपूर्ण प्रस्तावलाई कार्यान्वयनमा लैजानको लागि अध्ययनको प्रारम्भिक कार्य शुरु भएको धरान उपमहानगरपालिकाका योजना तथा इञ्जिनियरीङ महाशाखा प्रमुख वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले जानकारी दिए। श्रेष्ठ, धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक एवं ईञ्जिनियर राजु पोखरेलकासहितको प्राविधिकहरुको टोलीले बानेटारको फिल्ड भिजिट गरेका छन्।श्रेष्ठले भने,‘फिजिवल छ छैन, कति क्षमताको बन्न सक्छ। माटोको अवस्था कस्तो छ भनेर अध्ययन गर्नुपर्ने भएकोले फिल्ड भिजिट गर्‍यौँ।’  

श्रेष्ठका अनुसार बानेटारमा करिब २५ देखि ३० करोड लिटर पानी जम्मा गर्न सकिने प्रारम्भिक अनुमान गरिएको छ। जलासयको लागि डिपिआर बनाउन परामर्शदाताहरुसँग कुरा पनि भइरहेको उनले जानकारी दिए। ‘डिपिआरअघि सम्भाव्यता अध्ययन गर्नुपर्ने हुन्छ। जिओलोजिकल र जिओटेक्निकल अध्ययन गर्छौँ। फिजिवल छ भन्ने पक्का भएपछि डिअिपार बन्छ, ’श्रेष्ठले भने, ‘विज्ञहरुसँग सल्लाह भइरहेको छ। सम्भाव्यता अध्ययन र डिपिआरसँगसँगै लैजाउछौँ। डिपिआर बनेपछि स्रोत व्यवस्थापनको काम हुन्छ, र त्यसपछि निर्माणको काम अघि बढ्छ।’  

खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले बानेटारमा जलासय बनेपछि हिउँदमा हुने पानीको समस्या धेरै कम हुने बताए। उनका अनुसार उक्त जलासयमा सदुको पानी स्टोर गरेर राखिनेछ, र सुक्खायाम चैत, बैशाख, जेठमा वितरण हुनेछ। ‘बर्खायामको पानी स्टोर गरेर हिउँमा लैजाने हो। सर्दुको पानी पम्प गर्नुपदैन, ग्राभिटी फ्लोबाटै जलासयसम्म पुग्छ,’पोखरेलले भने,‘ज्यादै समस्या फागुन अनितमदेखि चैर र बैशाख, जेठ मध्यसम्म धेरै समस्या हुन्छ। ३० करोड लिटर पानी जम्मा हुँदा दिनको ५० लाख लिटर मात्र दैनिकरुपमा पठायौं भने धेरै राहत मिल्छ।’

पानी सुद्धिकरणको लागि पनि प्रक्रिया थालेको उनले बताए। सर्दुबाट एउटा कुलो बनाएर पानी ल्याएको र त्यो कहिल्यै फोहोर नहुने पनि उनले बताए। एक ठाउँमा पहिरो गएको कारण धमिलो पानी आइरहेको भन्दै उनले उक्त पहिरोलाई प्रोटेक्सन गर्न सकेमा सफा पानी ल्याउन सकिने बताए। मेयर हर्कराज राई (साम्पाङ)ले सम्भाव्यता अध्ययन र डिपिआर तयार भएपछि निर्माणको काम शुरु गर्ने बताए। ‘अर्थमन्त्रीले पनि डिपिआर ल्याउनु सहयोग गछौं भन्नुभएको छ। आशा गर्ने आधार छ। बन्दै गएपछि सबैको लगानी हुन्छ। जनताबाट पनि अनुदान हुन्छ,’मेयर साम्पाङले भने।

प्रकाशित: ७ भाद्र २०७९ १३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App