८ आश्विन २०८१ मंगलबार
image/svg+xml

चाँंगुनारायण नगरपालिकाले बनायो आइसोलेसन सेन्टर

के तपाईलाई कोभिड भएको छ ?, घर वा कोठामा बस्ने उपयुक्त वातावरण छैन ? त्यसो हो भने तपाईका लागि उपयुक्त ठाउँं हुनसक्छ भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरको आइसोलेसन सेन्टर तपाईका लागि उपयुक्त ठाउँं हुनसक्छ ।

संक्रमितको मृत्युपछि नगरपालिका सिल, एक वडाबाट अर्कोमा आउजाउ गर्न रोक

१५ वडा रहेको नगरपालिकामा एक वडाबाट अर्को वडामा आउजाउ गर्नसमेत रोक लगाइएको छ। कोभिड–१९ को महामारी बढिरहँदा पनि आवतजावत नरोकिएकाले ‘कफ्र्यू’भन्दा कडा गर्ने तयारी भइरहेको मेयर रिजालले बताए।

४३ हजारले लगाए भेरोसेल खोप

काठमाडौं महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड–१९ विरुद्धको (चिनियाँ खोप) भेरोसेलको दोस्रो मात्रा लिएका छन्। पहिलो मात्रा दिएकालाई यही जेठ २ गतेदेखि भेरोसेलको दोस्रो मात्रा दिन थालिएको हो।

मानवता हराएको उपमहानगर

घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी भोजराज अधिकारीले आइसोलेसन निर्माणका लागि २३ कोठे दुईवटा भवन निःशुल्क दिने घोषणा गरे । बिभिन्न संघसंस्थाहरुले समेत आइसोलेसन निर्माणका लागि सहयोग गर्ने सहमतिसहित घोराही उपमहानगरपालिकाले सञ्चालनको नेतृत्व लिने निर्णय भयो । आइसोलेसन ब्यवस्थापनको नेतृत्व लिने गरि सहमति जनाएको उपमहानगरपालिका एकाएक ‘ब्याक’ भयो ।

भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट राख्ने

नगरपालिकाको आयोजनामा नयाँ भेरियन्टको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि बुधबार भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूका प्रतिनिधिबीच सम्पन्न भर्चुअल अन्तरक्रिया कार्यक्रममा यस विषयमा छलफल भएको नगरपालिका प्रमुख सुनिल प्रजापतिले बताए।

काठमाडौं महानगरपालिकामा असार पहिलो सातादेखि विद्यालय संचालन गर्न निर्देशन

सबै विद्यालयहरुले शैक्षिक सत्र ०७७ को वार्षिक परीक्षाहरु जेठ २० गतेसम्म सकाएर नतिजासमेत प्रकाशन गरी असार पहिलो साता नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने

प्रेस पास भएका पत्रकारबाहेक अरु निस्कन नपाउने निर्णय

काभ्रेको बनेपा नगरपालिकाले प्रेस पास भएका पत्रकारबाहेक अरु व्यक्ति बाहिर निस्कन नपाउने निर्णय गरेको छ। बनेपामा नगरपालिकामा पनि नयाँ भेरियन्टको कोरोना संक्रमणदर बढीरहेको बेला नगरपालिका क्षेत्रलाई पूर्ण रुपमा सिल गर्दै सो निर्णय गरेको हो।

महानगरपालिकाको डरलाग्दो तथ्याङ्क: परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि

काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ। गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ।

दुर्गमको नगरपालिकामा आठ उद्योग स्थापना

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० मा स्थापना भएको कर्णाली वेभरेज इन्डस्ट्रिज प्रालिले प्रदेश र स्थानीय सरकारको सहयोगमा डिमुरको वाइन उत्पादन गर्न थालेको छ। डिमुर र डिमोर गरी दुई ब्रान्डबाट वाइन बजारमा आउन थालेको उक्त कम्पनीले जनाएको छ।

चन्दननाथ नगरपालिकामा छैन आइसोलेसन, संक्रमित सबै घरमै

सो नगरपालिकामा सहरी क्षेत्र र जनघनत्त्व पनि अरु गाउँपालिकाभन्दा बढी भए पनि अझसम्म आइसोलेसन केन्द्र बनेको छैन।

अक्सिजन दिँदै मध्यपुरथिमी नगरपालिका : २४ घण्टामा १ लाख ९२ हजार लिटर उत्पादन

शुक्रबार राती १० बजेबाट अक्सिजन उत्पादन थालेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले शनिबार २४ जना बिरामीलाई अक्सिजन दिएको छ।

व्यवसायीले दिए आइसाेलेसनका लागि दुईवटा भवन निःशुल्क

घोराहीका भोजराज अधिकारीले तीनवटा हल कोठा सहित २३ कोठाका दुईवटा भवन आइसाेलेसनका रुपमा निःशुल्क प्रयोग गर्न दिएका हुन् । ‘मान्छे उपचार नपाएर मर्नु पर्ने अवस्था आउन थाल्यो, यो बेला हामी सबैमा मानवता जाग्नु पर्छ,’ अधिकारीले भने ‘यो बेलामा कोरोना संक्रमितहरुको उपचारमा सहजता ल्याउनका लागि घर उपलब्ध गराएको हुँ ।’

बरहथवाका वडाध्यक्ष पक्राउ

बैशाख २५ गते बरथवा नपा ३ भित्री सडकखण्डमा वडाध्यक्ष यादवले चलाएको बिआर ३० एस ९२४५ नम्बरको भारतीय मोटरसाइकलले स्थानीय चार वर्षीय बालक आदित्य महतोलाई ठक्कर दिँदा बालकको मृत्यु भएको थियो।

निषेधाज्ञा उल्लंघन गर्ने पक्राउ, संक्रामक रोग ऐन २०२० विरुद्धको कसुर

प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले जारी निषेधाज्ञा उल्लंघन गरेको भन्दै पाँच जनालाई पक्राउ गरेको प्रहरी कार्यालय पर्साले जनाएको छ।

८० वर्षपछि फेरियो कुमारीको आसन

ललितपुर महानगरपालिका वडा नं १६ कोतर्फबाट सदस्य सुप्रभा शाक्यले विहारका ज्येष्ठ सदस्य चक्रेश्वर आजु (ज्येष्ठ सदस्य) ज्ञानबहादुर बज्राचार्य र सिद्धिरत्न बज्राचार्यलाई आसन हस्तान्तरण गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्