१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट राख्ने

भक्तपुर नगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट राख्ने भएको छ। नगरपालिकाको आयोजनामा नयाँ भेरियन्टको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि बुधबार भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूका प्रतिनिधिबीच सम्पन्न भर्चुअल अन्तरक्रिया कार्यक्रममा यस विषयमा छलफल भएको नगरपालिका प्रमुख सुनिल प्रजापतिले बताए।

कार्यक्रममा नगरपालिकाले कोभिड रोकथाम तथा नियन्त्रणमा गरिरहेको विभिन्न गतिविधिबारे अवगत गराउँदै नगरप्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको आइसोलेसन केन्द्रमा अक्सिजन दिनुपर्ने संक्रमितको संख्या बढ्न थालेसँगै अक्सिजनको सहज आपूर्तिका लागि ख्वप अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्नेबारे छलफल भएको जानकारी दिए। उनले सोका लागि सबैले आ–आफ्नोतर्फबाट आर्थिक तथा भौतिक सहयोगको लागि अपिल गरे।

‘कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहकारी संस्थाको भूमिका’ विषयक कार्यक्रममा नगरपालिकाका प्रमुख प्रजापतिले कोभिडविरुद्ध लडाइँमा सबैको एकीकृत सहकार्यको खाँचो रहेको बताउँदै सबैको संयुक्त प्रयासले कोरोनालाई परास्त गर्न सकिने बताए। 

उनले सहकारी संस्थाले आफ्ना सदस्यहरूका निम्ति सार्वजनिक भवन वा पार्टी प्यालेसमा आइसोलेसन केन्द्र सञ्चालन गरी नगरपालिकालाई सहयोग गर्न पनि आग्रह गरे। उनले संघीय सरकारसँग भेन्टिलेटर, आइसियु र अक्सिजन प्लान्टका लागि आवश्यक सहयोगको माग गरेको तर अहिलेसम्म सहयोग प्राप्त गर्न सकेको जनाए।

प्रकाशित: ६ जेष्ठ २०७८ ०१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App