५ असार २०८२ बिहीबार
image/svg+xml

सिंजाका ६ स्वास्थ्य संस्था पोषणमैत्री वडा घोषणा

जुम्लाको सिंजा गाउँपालिकाका स्वास्थ्य संस्था पोषणमैत्री वडा घोषणा भएका छन्। सिंजा गाउँपालिका, वडापालिका र स्वास्थ्य शाखाको पहलमा एकै दिन ६ वटा स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो।

ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरूको देशव्यापी विरोध

उनीहरुले कुनै परामर्श विना अगाडि बढाइएको प्रस्तावको विरोधमा कालोपट्टी बाँधेर आन्दोलन गरेका हुन्।

अहमदाबाद विमान दुर्घटना: २१० जनाको डीएनए मिल्यो, १८७ शव परिवारलाई हस्तान्तरण

भारत गुजरातका स्वास्थ्यमन्त्री ऋषिकेश पटेलले अहमदाबाद विमान दुर्घटनामा मारिएका २१० जनाको डीएनए मिलेको बताएका छन्।

इजरायलद्वारा इरानको आणविक रिएक्टरमा आक्रमण, केही घण्टाअघि चेतावनी दिइएको थियो

इजरायलले इरानको अरक हेभी वाटर रियाक्टरमा आक्रमण गरेको छ। आक्रमणपछि भएको क्षतिको बारेमा कुनै जानकारी छैन।

रैथाने धान लगाउने किसानलाई प्रतिमुरी एकहजार अनुदान

किसानको उत्पादनको आधारमा वडाले अनुदान कार्यक्रम घोषणा गरेको हो । वडा कार्यसमितिले निर्णय गरेर रैथानेका लागि तोकिएका पाँच थरी धानको उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो ।

पाकिस्तानी सेना प्रमुखको माग: ट्रम्पलाई नोबेल पुरस्कार दिनुपर्छ

पाकिस्तानका सेना प्रमुख जनरल असीम मुनीरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन माग गरेका छन्।

छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब मानिरीक्षक विनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई दुईतर्फी बनाउने र अवरुद्ध रहेका सडकलाई खुलाउने प्रयास जारी रहेको बताए।

तीन दलका शीर्ष नेताको बैठक बस्दै

समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै छ।

दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

शेर्पा समाज बेल्जियम र जर्मनको आर्थिक सहयोगमा यहाँको खिजीदेम्बा गाउँपालिकाले शववाहन सञ्चालनमा ल्याएको छ।

व्यक्तिले ठगी गरेको केस अख्तियारमा पुऱ्याउने सुझाव मैले दिएको होइन : सुमना श्रेष्ठ

रास्वपा केन्द्रीय सदस्य एवं सांसद सुमना श्रेष्ठले आफूलाई मुछेर आएको समाचार झुठो भएको बताएकी छन्।

छोराप्रतिको अनुराग घट्दो

पश्चिमा मुलुकहरूमा बाबुको थर आउँदो पुस्तामा सार्ने चलन पनि बद्लिन थालेको छ। कतिपयले आमाको थरलाई प्राथमिकता दिन थालेका छन्।

जुम्लामा एकै घरका पाँच जना बेहोस

जुम्लामा एकै घरमा पाँच जना परिवार बेहोस भएका छन्। जुम्लाको सिंजा-६ काडागाँउका तिर्थ बुढाकाे परिवार बेहोस भएको हो।

नेपाल स्रष्टा समाजले गर्‍याे दुई सम्मानकाे घाेषणा

नेपाल स्रष्टा समाजले यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानकाे घाेषणा गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्