२२ असार २०८१ शनिबार
image/svg+xml

पक्राउ परेका सांसद चौधरीलाई कैलाली जिल्ला अदालत लगिँदै

उनलाई आजै नेपालगन्जबाट धनगढी जिल्ला अदालत लैजाने नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोषराज पोखरेल जानकारी दिए।

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो। डिआइजी अशोक कुमार सिंह कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई प्रहरीले प्रकाउ गरेको हो।

धमलापत्नी गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराएकी हुन्। केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन्।

लोसपा समेटिएन, जसपा र नाउपा गएनन्

जसपाले एमाले–माओवादी गठबन्धनबाट अलग भएको घोषणा गरेको त छैन तर उक्त पार्टीका नेताहरूले गठबन्धनप्रति असन्तुष्टि पोख्न थालेका छन्।

संसदमा न्याय माग्दै रञ्जिता: निर्दोषलाई कहिलेसम्म जेलमा राख्ने?

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुरु गरिन 'आज संसद शुभारम्भ हुँदै सुभारम्भ हुँदा उदाएको सूर्य भर्खरै जन्मिएको शिशु, पलाउन लागेको मुना अबोध हुन्छन् रे यो संसदमा म पनि अबोध नै छु। भर्खरै जन्मिएको शिशुको गन्थन जहा जहाले आमा खोजेको संकेत गर्छ हो म एउटा नारी न्याय खोज्दै निति निमार्णको थलो संसद सम्म आइ पुगेको छु।'

राजनीतिक ‘स्टन्ट’ बन्द गर युवा नेतृत्व

युवा नेतृत्वमा केही गरौँ भन्ने हुटहुटी हुनु स्वभाविक हो। विगतको विकृति र विसङ्गति हेर्दा अहिलेको आवश्यकता पनि युवा नेतृत्व नै हो। विकासको हुटहुटी व्यवस्थापनमा संयमता र धैर्यता देखिएन् जुन अति आवश्यक छ। अझ आशा गरिएका युवा नेतृत्वहरू त झन यस बिषयमा गम्भीर हुनुपर्छ।

जसपा र नाउपा किन गएनन् सरकारमा ?

प्रतिनिधिसभामा जसपाका १२ र नाउपाका ३ सांसद छन्। नाउपाले संस्थापक सल्लाहकार रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने नीति लिएको छ।

सरकारले ल्याएको अध्यादेशमा नागरिक उन्मुक्ति पार्टीको समर्थन

सरकारले ल्याएको अध्यादेशमा नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाएको छ। पार्टीले अध्यादेश अविलम्व प्रमाणीकरण गर्नका लागि आग्रह गरेको छ।

राष्ट्रियसभामा नयाँ दलको प्रतिनिधित्व कठिन

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ पछि तीन नयाँ राजनीतिक पार्टी संसद्मा प्रवेश गरेका छन्।

जेलमा रहेका नेता रेशमलाल चौंधरीलगायतका नेतालाई रिहाई गरे सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टीको निर्णय

शुक्रबार अपरान्ह काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौंधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाई गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो।

टीकापुरमा नागरिक उन्मुक्तिको विजय र्‍याली (फोटोफिचर)

कैलालीका क्षेत्र नं. १ र २ मा प्रतिनिधिसभा र प्रदेशसभामा एकलौटी जिते पछि नागरिक उन्मुक्ति पार्टीले टीकापुरमा विजय र्‍याली निकालेको छ।

कैलाली ३ का दुवै प्रदेशमा नागरिकका उम्मेदवार विजयी

कैलाली क्षेत्र नं. ३ अन्र्तगत प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन्।

कैलाली २ मा अरुण चौधरीको अग्रता कायमै

कैलाली क्षेत्र नं. २ मा नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता कायमै छ। ६ हजार ५६९ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले २ हजार ४३८ मत प्राप्त गरेका छन्।

कैलालीका दुई क्षेत्रमा नागरिकको अग्रता कायमै

कैलाली क्षेत्र नं.१ मा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै रहेको छ। ३ हजार ५१४ मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले १ हजार ५८२ मत पाएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्