१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसदमा न्याय माग्दै रञ्जिता: निर्दोषलाई कहिलेसम्म जेलमा राख्ने?

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुरु गरिन 'आज संसद शुभारम्भ हुँदै सुभारम्भ हुँदा उदाएको सूर्य भर्खरै जन्मिएको शिशु, पलाउन लागेको मुना अबोध हुन्छन् रे यो संसदमा म पनि अबोध नै छु। भर्खरै जन्मिएको शिशुको गन्थन जहा जहा आमा खोजेको संकेत गर्छ हो म एउटा नारी माननिय स्वय न्याय खोज्दै निति निमार्णको थलो संसद सम्म आइ पुगेकी छु।' 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफू न्याय माग्न कानुन निर्माण गर्ने थलोमा आइपुगेको बताएकी छिन्।

आज  प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका सल्लाहकार रेशम चौधरी लगायत अन्य बन्दीको रिहाइको माग गरिन्।

उनले टिकापुर घटनामा सबैभन्दा बढी क्षति थारुहरुले भोगेको भन्दै प्रहरी परिवारले पनि न्याय पाउनुपर्ने बताइन्। रञ्जिताले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै भनिन्,  ‘सरकार लाल आयोगको प्रतिवेदन किन सार्वजनिक गर्दैन? टिकापुर घटनामा सबैभन्दा बढी क्षति थारुहरुको भयो। उनीहरुकै सम्पुर्ण सम्पती जलाइयो र उनीहरुमाथि नै झुटा मुद्दा लगाइयो।'

उनले भनिन्,‘रेशम चौधरीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नै रेशम चौधरीलाई ‘निर्दोष’ बताउनु भएको छ। रेशम चौधरीलाई कसले निर्दोष भनेको छैन? निर्दोषलाई कहिलेसम्म जेलमा राख्ने? '

प्रकाशित: २५ पुस २०७९ १०:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App