१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कोरोना नियन्त्रण र संक्रमितको उपचारमा गम्भिर बन्न प्रदेश सरकारलाइ आग्रह

नेपाली काँग्रेसको लुम्बिनी प्रदेश प्रदेशसभा संसदीय दलले कोभिड–१९ नियन्त्रण र संक्रमितको उपचारमा गम्भिर हुन प्रदेश सरकारलाइ आग्रह गरेको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता बिरेन्द्रकुमार कनौडियाले मंगलबार कोरोना नियन्त्रणकालागि नाकामा कडाइ गर्न र संक्रमितको उपचारकालागि प्रयाप्त जनशक्ति,उपकरणको व्यवस्थापन गर्न मुख्यमन्त्री शंकर पोख्रेलको ध्यानाकर्षण गराएका हुन ।

कांग्रेस बैठक वैशाख १५ गते

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १५ गते दिउँसो २ बजे बस्ने भएको छ। वैशाख १३ गते बस्ने भनिएको बैठक पिसिआर परीक्षणका कारण स्थगित भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेस महाधिवेशन फेरि अन्योलमा

आगामी भदौभित्र महाधिवेशन गर्नैपर्ने कांग्रेसलाई संवैधानिक बाध्यता छ। तर संगठन समायोजन, विवादित जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण, अनुशासनको कारबाही गरेका नेताहरूको कारबाही फुकुवा र विदेशस्थित जनसम्पर्क समितिका विषयमा कांग्रेसले अझै ठोस निर्णय लिन सकेको छैन।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख १३ गते

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

ओली सरकार जति समय टिक्छ त्यति अराजकता बढ्छ : डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ओली नेतृत्वको सरकार जति धेरै टिक्छ त्यति धेरै अराजकता बढ्ने बताएका छन्। शुक्रबार विराटनगरस्थित कोइराला निवासमा आयोजित कार्यक्रममा कोइरालाले सरकार जति समय टिक्छ त्यति अराजकता बढ्ने बताएका हुन्।

कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप

नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ। जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको कांग्रेसमा सो अवधि यही वैशाख १५ गतेसम्म निर्धारण गरेको छ।

हठात संसद् अन्त्य गरेर सरकारले स्वेच्छाचारी प्रवृत्ति देखायो: कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक हठाहत अन्त्य गरेर सरकारले स्वेच्छाचारी प्रवृति प्रर्दशन गरेको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले जनसरोकारका कयाैं विषयमा छलफल गर्न छाडेर बैठक अप्रत्यासित रूपमा अन्त्य गरेको आरोप लगाएको हो।

‘ओली राष्ट्रवादी नभएर अवसरवादी हुन्’

‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली आज इन्डियाको त्वं शरणम् भइसक्यो,’ कांग्रेस सभापति देउवाले भने, ‘भारतविरोधी नाराबाट जितेको ओली अहिले भारतको टाङमुनि छिरिसक्यो, कहाँ छ त्यो राष्ट्रवाद ?’ ओली राष्ट्रवादी नभएर अवसरवादी भएको आरोप लगाउँदै देउवाले आफूले ओली सरकार हटाउन खोजेको बताए।

'मुलुकलाई स्थिरतातर्फ अघि बढाउन कांग्रेसको विकल्प छैन'

दुई तिहाइ नजिकको कम्युनिष्ट सरकारले मुलुक र जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै उनले संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउन कांग्रेस अग्रसर हुनुपर्ने बताए।

अझै टुंगिएन कांग्रेसमा किचलो

संस्थापन र इतर पक्षका नेताहरूबीच सदस्यता वितरणका लागि कटअप डेट (अन्तिम मिति) तोकेर जानुपर्ने प्रस्ताव सदस्यता छानबिन समितिले गरेको थियो। त्यसमा नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले सहमति जनाएका थिए। तर संस्थापन पक्ष सदस्यता वितरणका क्रममा समस्या देखिएका जिल्ला र समस्या नभएका जिल्लालाई दुई भागमा वर्गीकरण गरी मिति तोक्नुपर्ने पक्षमा उभिएपछि सहमति हुन नसकेको हो।

कांग्रेस केन्द्रीय समिति बैठक सोमबार

नेपाली कांग्रेसले १४ महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न आज बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेको छ।

माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकारको सम्भावना छैनः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नरहेको बताएका छन्।

कांग्रेस नेता शाहीद्वारा प्रमुख प्रतिपक्षी दलको सुविधा फिर्ता

शाहीले कोरोना अवधिभर पनि गाडी प्रयोग गरेनन् । कोरोना संक्रमितहरुलाई समयमै अस्पतालसम्म पुर्‍याउने प्रयोजनका लागि भन्दै सचिवालयमार्फत गाडी फिर्ता गरेका थिए ।

‘एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मक’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्