२० असार २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना नियन्त्रण र संक्रमितको उपचारमा गम्भिर बन्न प्रदेश सरकारलाइ आग्रह

नेपाली काँग्रेसको लुम्बिनी प्रदेश प्रदेशसभा संसदीय दलले कोभिड–१९ नियन्त्रण र संक्रमितको उपचारमा गम्भिर हुन प्रदेश सरकारलाइ आग्रह गरेको छ। नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता बिरेन्द्रकुमार कनौडियाले कोरोना नियन्त्रणकालागि नाकामा कडाइ गर्न र संक्रमितको उपचारकालागि प्रयाप्त जनशक्ति,उपकरणको व्यवस्थापन गर्न मुख्यमन्त्री शंकर पोख्रेलको ध्यानाकर्षण गराएका हुन। मंगलबार विज्ञप्ती जारी गर्दै नेता कनौडीयाले कोरोना नियन्त्रण,संक्रमितको उपचार र अस्पताल व्यवस्थापनकालागि तत्काल प्रभावकारी उपाय अवलम्बन गर्न प्रदेश सरकारसंग माग गरेका हुन।  

भारतबाट फकर्नेहरुको परीक्षण र तीनको भरपर्दो  व्यवस्थापन नगरिदा संक्रमण समुदाय स्तरमा फैलीरहेको भन्दै उनले नाका क्षेत्रमा कडाइ गर्न माग गरेका छन । जोखीम क्षेत्रबाट आएकाहरुलाइ क्वारेन्टाइनमा राख्ने र अनिर्बाय स्वाव परीक्षण गर्नु पर्ने माग कनौडीयाले गरेका छन । त्यस्तै संक्रमितको उपचारकालागि अस्पतालहरुमा प्रयाप्त बेड,अक्सिजन,स्वास्थ्य उपकरण,जनशक्तिको व्यवस्थापन गर्न माग गरेका छन ।  

पछिल्लो समय प्रदेशका बिभिन्न जिल्लामा संक्रमितको सख्या हवात्तै बढेको छ । कोभिड अस्पतालहरु गम्भिर लक्षण सहितका संक्रमितले भरीएका छन । बेड  र अक्सिजन अभाव हुँदा कतिपय संक्रमितले उपचारै नपाइ ज्यान गुमाइ रहेका छन । स्थिती भयावह हुने संकेत देखिदा समेत प्रदेश सरकार भने आफ्नो सत्ता र शक्ति जोगाउने खेलमा व्यस्त भएको भन्दै नेता कनौडीयाले कोरोना नियन्त्रण र संक्रमितको उपचारमा गम्भिर हुन मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन ।  

कन्ट्रयाक्ट ट्रेसिङलाइ प्रभावकारी बनाउन र सम्भावित संक्रमितलाइ लक्षित गरी पीसीआर परीक्षणको दायरा बढाउन उनले माग गरेका छन । प्रदेशका सबै जनतालाइ पुग्ने गरी खोप आपूर्ति सुनिश्चित गर्न उच्च कूटनैतिक पहल गर्न,स्वास्थ्यकर्मीको जोखीम भत्ता र बिमा को प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन । नेता कनौडीयाले कोरोना संक्रमणबाट बच्न सबैले अनिवार्य मास्क,सेनिटाइजरको प्रयोग गर्न, अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन प्रदेशबासीलाइ आग्रह पनि गरेका छन ।

प्रकाशित: १४ वैशाख २०७८ १५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App