२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

बूढानीलकण्ठमा बस्दै कांग्रेस पदाधिकारीको बैठक

नेपाली कांग्रेसका पदाधिकारी एवम् पूर्वपदाधिकारीको बैठक आज अपराह्न २ बजे बस्दैछ। पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी सम्बन्धमा छलफल हुने जनाइएको छ।  

पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका कार्यसूचीसमेत तय गर्ने बताइएको छ। कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ। 

पार्टीको १४औँ महाधिवेशन तयारीकै सम्बन्धमा छलफल गर्न सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: १२ वैशाख २०७८ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App