२० आश्विन २०८१ आइतबार
image/svg+xml

बहुराष्ट्रिय राज्य स्थापना मुख्य अजेन्डा

जनता समाजवादी पार्टी (जसपा)ले बहुराष्ट्रिय राज्यको अवधारणासहित मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा घोषणापत्र तयार गरेको छ।

मधेस सरकारबाट कांग्रेस मन्त्री मात्र हटाइनुको अन्तर्य

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई केन्द्र सरकारबाट बर्खास्त गरे।

जसपा र लोसपामा पनि पुरानै अनुहार

जनता समाजवादी पार्टी (जसपा) ले देशभर ८१ क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको छ। उसले मधेस प्रदेशमा मात्रै १७ सिटमा उम्मेदवारी दिएको छ।

सप्तरी-२ बाट उपेन्द्र यादवले गराए उम्मेदवारी दर्ता

नेकपा एमाले जसपा गठबन्धनबाट यादव साझा उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।

सिट बाँडफाँटमा जसपा असन्तुष्ट, अरु दलसँग तालमेलको ढोका खुल्ला राख्ने

शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनमा भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो। प्रवक्ता मनिष सुमनले पहिलो प्राथमिकता पाँचदलीय गठबन्धन भए पनि विकल्पमा अरु दलसँग तालमेल गर्ने जसपाको निर्णय गरेको बताए।

गठबन्धन सहयात्रीसँग जसपा असन्तुष्ट

जनता समाजवादी पार्टी (जसपा) सिट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग असन्तुष्ट बनेको छ।

नेता युवराज कार्कीले छाडे जसपा

पार्टी पद्दतीमा नचलेको र नेतृत्वले सवृसत्तावाद प्रवृत्ति देखाएको आरोप लगाउँदै कार्कीले जसपा छाडेको घोषणा गरेका हुन्।

रौतहटमा गठबन्धनको टिकटका लागि हानथाप

गत संसदीय निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद अनिलकुमार झा लोसपामा रहेकाले गठबन्धनबाट शीर्ष नेता माधवकुमार नेपाललाई सबै दलले सघाउने स्थिति बनिसकेको छ।

लोसपाका एक सांसद भित्र्याउन भोलि धनुषा आउँदै ओली

२०७४ सालको आम निर्वाचनमा मधेस प्रदेशमा २ सिट मात्रै जितेका नेकपा एमाले अगामी निर्वाचनको मत परिणाम आफ्नो पक्षमा पार्न एमाले अध्यक्ष ओली मधेस दौडहामा लागेका छन्। २०७४ सालको निर्वाचनमा एमालेले मधेस प्रदेशमा रहेको ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये दुई वटा क्षेत्रमा मात्र जित्न सफल भएको थियो।

जसपाले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदै

पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची निर्धारित समयमै आयोगलाई बुझाइने जसपाका प्रवक्ता मनिष कर्णले जानकारी दिए।

जनकपुरको सहिद गेटमा फहराइयो जसपाको झण्डा

'हाम्रो पार्टीले भदौ २५ गते श्रद्धाञ्जलीसभाको दिन सहिदको प्रतिमामा माला अर्पण गरी श्रद्धाञ्जली सभा मनाइएको थियो संघीय परिषद सदस्य नवीन यादवले भने, 'पार्टीको कार्यक्रम भएकोहुनाले पार्टी झण्डा राख्नु स्वाभाविक हो। त्यसैक्रममा सहिद गेटमा पनि झण्डा राखिएको थियो। त्यो पर्मानेन्ट रूपमा राखिएको पनि थिएन हावाहुरीमा आफैं हटिन्थ्यो। तर एक जना युवाले हिजो पूर्वाग्रही भएर हाम्रो पार्टीको झण्डा हटाइयो।'

चुनावको मुखैमा जसपा ताप्लेजुङद्वारा जिल्लाका चार नेता निष्कासित

जसपाले बुधबार एक विज्ञप्तिमार्फत जिल्ला सदस्य योगेश्वर भट्टराई, मानबहादुर गुरुङ, समाजवादी महिला संघ जिल्ला अध्यक्ष गौरी (धनकुमारी) थलङ र सदस्य दिपीका थलङलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको छ।

आगामी निर्वाचनका लागि ताप्लेजुङमा जसपाले सिफारिस गर्‍यो उम्मेदवार

जसपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य धनकुमार(कुमार)साम्यो,राजनीतिक समिति सदस्य निर्मला तावा र प्रदेश सदस्य चन्द्र मादेनको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ असिम पालुङ्वा,सेन्छेहाङ पोमू र सुजित ओख्राबुको नाम सिफारिस गरेको छ।

मधेस प्रदेशका मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ (ख) बाट सिफारिस

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्