२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सप्तरी-२ बाट उपेन्द्र यादवले गराए उम्मेदवारी दर्ता

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र –२ बाट उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमाले जसपा गठबन्धनबाट यादव साझा उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।  

०७५ को प्रतिनिधिसभा निर्वाचनमा यादव यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। यसअघि संविधानसभा निर्वाचन ०६४ र ०७० मा उनी सुनसरी निर्वाचन क्षेत्र ५ बाट निर्वाचित भएका थिए।

यस्तै,सप्तरी निर्वाचन क्षेत्र २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।  

यस्तै यसै निर्वाचन क्षेत्रमा सता गठबन्धनबाट साझा उम्मेदवारको रुपमा लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन्। 

प्रकाशित: २३ आश्विन २०७९ ११:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App