१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले र जसपाबीच चुनावी तालमेलको सहमति

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलमा सहमति भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष उपेन्द्र यादवबीच हिजो राति सहमति पत्रमा हस्ताक्षर भएको हो।

सहमतिअनुसार प्रदेशसभामा एमालेलाई ७० सिटमा जसपाले सघाउने र जसपालाई ४२ सिटमा एमालेले सघाउने गरी सिट बाँडफाँटको सहमति भएको एमालेले जनाएको छ। जसपालाई सप्तरी १, २ र ४, सिरहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, रौतहट २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ मा एमालेले समर्थन गर्ने भएको छ।  

यस्तै एमालेलाई जसपाले प्रतिनिधिसभा क्षेत्रतर्फ सप्तरी–३, सिरहा क्षेत्र नं १ र ३, धनुषा– ३ र ४, महोत्तरी–१, सर्लाही– २ र ३, रौतहट ३ र ४, बारा १ र ४ तथा पर्सा ३ र ४, पश्चिम नवलपरासी १ र २, रुपन्देहीको १, २ र ३, कपिलवस्तुको १, २ र ३, कैलालीको १, २, ३, ४ र  ५ निर्वाचन क्षेत्र, मोरङको १, २, ३, ४ र ६ तथा सुनसरीको २, ३ र ४ मा समर्थन र सहयोग गर्ने सहमति भएको छ। अध्यक्षद्वय ओली र यादवबीच तालमेल भएका निर्वाचन क्षेत्रबाहेक अन्यत्र पनि दुवै दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति पत्रमा उल्लेख छ।

प्रकाशित: २२ आश्विन २०७९ ०६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App