१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चुनावको मुखैमा जसपा ताप्लेजुङद्वारा जिल्लाका चार नेता निष्कासित

पार्टीहित विपरीत कार्य गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) ताप्लेजुङले चुनावको मुखैमा चार जिल्ला नेतालाई साधरण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको छ।

जसपाले बुधबार एक विज्ञप्तिमार्फत जिल्ला सदस्य योगेश्वर भट्टराई, मानबहादुर गुरुङ, समाजवादी महिला संघ जिल्ला अध्यक्ष गौरी (धनकुमारी) थलङ र सदस्य दिपीका थलङलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको छ।

जिल्ला अध्यक्ष कीर्तिमान मादेनले पार्टीसहित विपरीत कार्य गरेकोले कारबाही भएको जनाए। उनीहरु अहिले बाबुराम भट्टराईले नेतृत्व गरेको समाजवादी पार्टीतर्फ लागेका छन्।

प्रकाशित: २९ भाद्र २०७९ १४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App