जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ।
गत निर्वाचनमा पनि जसपाले उनलाई सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा सिफारिस गरेको थियो।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तबरेज आलमले जानकारी दिए। रासस
प्रकाशित: १९ भाद्र २०७९ ०२:५० आइतबार