७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रचण्ड पार्टी कब्जा गर्नका लागि एमालेसँग मिलेको देवी ज्ञवालीको आरोप

'जब एमाले पार्टी कब्जा हुन सक्दैन भन्ने थाहा भयो, त्यसपछि १९ पृष्ठको १९ बुँदे आरोप लगाएर कम्युनिष्ट पार्टीलाई विभाजित गरेर विस्तारवादी र साम्राज्यवादीहरुको हीतमा आफूलाई उभ्याएपछि नै यो ध्रुवीकरणको प्रक्रिया अघि बढीरहेको छ। सबै कम्युनिष्ट देशभक्तहरु आज एमालेमा गोलवद्ध हुनुपर्ने आवश्यक्ता छ। एमालेका कार्यकर्ताहरु पदको लागि लालयित छैनन्, एमालेका कार्यकर्ताहरु पार्टीले दिएको निर्देशनमा विष पिउन तयार छन्, मृत्युवरण गर्न तयार छन्, तर पार्टीको निर्देशनलाई जहिलेपनि शिरोधार्य गर्दछन्।'

संविधान दिवसको अवसरमा एमालेले पदयात्रा गर्ने

संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा का साथ पदयात्रा गर्ने लागेको हो। असोज १ गते शनिबार बिहान पौने ७ बजेबाट सुरु हुने पदयात्रामा सहभागी हुन एमालेले सबैमा आह्वान गरेको छ।

मुलुकको समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्छः ओली

उनले भने 'देश र जनताका साथै विकासका र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्छ।' अध्यक्ष ओलीले लोकतन्त्रलाई सही गन्तव्यमा डोर्‍याउन र संविधान कार्यान्वयन गर्नका लागि पनि एमालेले आगामी निर्वाचनमा एमालेको दरिलो उपस्थिति हुनुपर्ने औँल्याए।

एमाले अध्यक्ष ओली र चिनीया नेता चाङ्सुबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चाङ्सु र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

अहिलेको नागरिकता विधेयक काम लागेन फिर्ता गर्नुस्ः ओली

'अहिलेको सरकारले नागरिकता दिन खोज्छ त? देशको प्रमुख पार्टीसँग सरसल्लाह गर्दैन। राष्ट्रपतिसँग विचार विमर्श गर्दैन राष्ट्रपतिले उठाइएको विषयमा एकपल्ट छलफल गर्नुस् न भन्दा गर्दैन। संसदमा पठाउँदा एकपल्ट छलफल गर्दैन। ओलीले भने, बाहिरै संविधानले नचिनेको अनागरिक मान्छेहरू बसेर राष्ट्रपतिको कुरा नमाने। त्यसलाई छलफलमा नलाग्ने बलजफ्ती गठबन्धनको बलमा हामीसँग बहुमत छदैछ। त्यसलाई अस्वीकार गर्न लगायो।'

केपी ओली आइपुगे जनकपुरधाम, काँग्रेसका शीर्ष नेताहरु पार्टी प्रवेश गर्ने तयारी

सोमबार बिहान साढे ११ बजे जनकपुरधाम आउने कार्यक्रम रहेको भएपनि झण्डै दुई घण्टा ढिलो उनी जनकपुर आइपुगेका हुन्। जनकपुरको तिरहुतियागछीमा एमाले जिल्ला कमिटीले आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ।

मुलुकलाई कस्तो बनाउने भन्ने नयाँ पुस्ताले सोच्ने बेला आयोः ओली

ओलीले नयाँ पुस्ताले मुलुकलाई कस्तो बनाउने भन्ने सोच्ने बेला आइसकेको उल्लेख गर्दै आकांक्षा, सपनालाई सार्थक र सुन्दर भविष्य निर्माणका लागि सही मार्गदर्शन दिनका लागि परिषद्लाई आग्रह गरे।

झापा-५ बाट ओलीको उम्मेदवार सिफारिस

झाप ५ का एमाले इञ्चार्ज होम थापाका अनुसार क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो।

‘गठबन्धन अनुपयुक्त’

सत्तारूढ दल गठबन्धन कायमै राखेर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जाने सहमतिसहित सिट बाँँडफाँटमा लागिरहेका बेला प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच सबै दल एक्लाएक्लै निर्वाचनमा जानुपर्ने विषयमा छलफल भएको छ।

शीर्ष दलका नेताहरुलाई एमाले प्रवेश गराउँदै ओलीले भनेः निर्वाचनमा १ सय ५० सिट जित्छौँ

‘प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभयो। कसरी बोल्नभयो? म्याउम्याउ म्याउ गर्नुभयो। लिपुलेक, कालापानी फिर्ता देऊ भन्नुपर्दैन?’ ओलीले भने, ‘अलिपछि गठबन्धनको अर्को नेता जानुभो। उहाँले बोलेको त बाहिर सुनिने कुरै भएन। हामी यो पनि छोडिदिउँला, त्यो पनि छोडिदिउँला, केपी ओलीले सबै खाइदिने भो। खुस खुस, खुसखुस, प्राण बचाइदिनुपर्यो भन्नुभयो।’

राजनीतिलाई सही बाटोमा ल्याउन ओलीलाई अघि सार्नु परेको होः महासचिव पोखरेल

‘एउटा जनताको पक्षमा काम गरेको नेताहरुलाई जब घेराबन्दी गरिन्छ, जनताको अदालतबाट घेराबन्दी गर्नेहरुलाई दण्डित गर्नुपर्छ भन्ने मान्यताको आधारमा उहाँले उहाँलाई प्रधानमन्त्रीको रुपमा अघि सारेका हौं। नेतृत्वको अभाव पार्टीमा भएर होइन। नेपाली राजनीतिलाई सही बाटोमा ल्याउनका लागि उहाँलाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनाएको हो।'

ओलीले रवीन्द्र मिश्रलाई दिए एक मुठी सिक्का उपहार

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार साँझ भेटवार्ता भएको छ।

एमालेले जिते ओली प्रधानमन्त्री

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने निर्णय गरेको छ।

एमाले केन्द्रीय कमिटी बैठकः भावी प्रधानमन्त्रीमा ओलीलाई अघि सार्ने निर्णय

बैठकले हरेक पार्टी सदस्यलाई २ भोट थप्न र ५ भोट संरक्षण गर्ने नीति आम रुपमा अघि बढाउने निर्णय पनि गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले बताए। गुरुङका अनुसार बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार निर्वाचन आयोगका सिफारिस गर्ने अख्तियार पार्टीका अध्यक्ष ओलीलाई दिने निर्णय पनि गरेको छ।

नामको अगाडि बा भएकाहरु डोजर लिएर निस्किसके, म राजनीतिक फोहोर सफा गर्न आएको छुः लामिछाने

तीनै जनालाई लक्षित गर्दै उनले भने, 'बा'हरु (बुढा) भएका छन्, 'बा'हरुलाई सम्मान गर्ने मान्छेहरू छन्, 'बा'हरु अगाडि बढ्दैन, बुवाको मुख हेर्ने दिनको अवसरमा उनले पछाडि 'बा' भएकाहरुलाई सा-सम्मान बिदा गर्न जनतालाई अनुरोध गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्