८ वैशाख २०८१ शनिबार
राजनीति

शीर्ष दलका नेताहरुलाई एमाले प्रवेश गराउँदै ओलीले भनेः निर्वाचनमा १ सय ५० सिट जित्छौँ

सुदूरपश्चिम प्रदेश सभामा सबै भन्दा ठूलो दल रहेको नेकपा (एकीकृत समाजवादी)का मन्त्री, सासंदसहित नेताहरु बुधबार नेकपा एमाले प्रवेश गरेका छन्। प्रदेश सभामा नेकपा एमाले भन्दा पनि ठूलो दल बन्न सफल नेकपा एसका मन्त्री, सासंदसहित प्रभावशाली नेता एमालेमा प्रवेश गराउन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर पुगेका थिए।

एमाले कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस लगायतका पार्टीबाट ठूलो संख्यामा नेता, कार्यकर्ता प्रवेश गरेका छन्। महेन्द्रनगरमा आयोपजत बृहत् जनशभा तथा पार्टी प्रवेश कार्यक्रममा सुदूरपश्चिम प्रदेश शभाका प्रभावशाली सासंद तथा पूर्व मन्त्री तारालामा तामाङ, भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरी, एकीकृत समाजवादीका पूर्व प्रदेश अध्यक्ष बिक्रम शाही, समाजवादीका जिल्ला उपाध्यक्ष एवं वेदकोट नगरपालिकाका पूर्वमेयर अशोककुमार चन्द, माओवादीका नेता मोहन गिरी लगायतका एमालेमा प्रवेश गरेका छन्।

गाम्छा ओढाएर ओलीले पार्टी स्वागत गरेका थिए। नेकपा एमाले प्रवेश गर्ने जानकारी पाएपछि बुधबार नै मुख्यमन्त्री त्रिलोचन भट्टले राज्यमन्त्री चौधरीलाई बर्खास्त गरेका थिए। अध्यक्ष ओलीले शभालाई सम्वोधन गर्दै अगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर एमालेले १ सय ५० सिट जित्ने दावी गरे। ‘आउँदो चुनावमा हामी प्रत्यक्ष र समानुपातिक गरेर १ सय ५० सिट जित्ने छौ र दुनिया चकित पर्नेछ’ उनले भने।

गठबन्धनले जिते देश हार्छ, स्मृद्धी र विकास हाने उल्लेख गर्दै त्यसैले एमाले जित्नु पर्ने उनको भनाइ थियो। एमाले जिताउने अभियानमा सबै सरिक हुन उनले आग्रह गरे। एमाले सत्ता बाहिर हुदाँ पनि पार्टीमा प्रवेश गर्नेको लहर बढेको उल्लेख गर्दै सत्ता गठबन्धनमा नेता देखिए पनि जनताहरु एमालेको साथमा भएको उनले बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत गएर कालापानी, लिम्पियाधुरा र लिपुलेखको बारेमा कुरा उठाउन नसकेको र म्याउ म्याउ मात्र गरेको उनले बताए। यसैगरी एस एस वीले तुइन चुडालेर नेपालीको हत्या गर्दा पनि कुरा उठाउन नसकेको उनको भनाइ थियो।

‘प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभयो। कसरी बोल्नभयो? म्याउम्याउ म्याउ गर्नुभयो। लिपुलेक, कालापानी फिर्ता देऊ भन्नुपर्दैन?’ ओलीले भने, ‘अलिपछि गठबन्धनको अर्को नेता जानुभो। उहाँले बोलेको त बाहिर सुनिने कुरै भएन। हामी यो पनि छोडिदिउँला, त्यो पनि छोडिदिउँला, केपी ओलीले सबै खाइदिने भो। खुसखुस, खुसखुस, प्राण बचाइदिनुपर्‍याे भन्नुभयो।’

गठबन्धन सरकार राष्ट्रियताको रक्षा, विकास र समृद्धिका पक्षमा काम गर्न नसकेर शक्ति राष्ट्रसामू निरिह बनेको आरोप ओलीले लगाए। उनले सत्तारुढ गठबन्धन तत्काल टुट्ने अवस्था नरहेको टिप्पणी गर्दै ओलीले गठबन्धन आफैं बनेको नभएर अरुले नै टाउको जोडिदिएको दाबी गरे।

प्रकाशित: १५ भाद्र २०७९ १६:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App