१२ चैत्र २०७९ आइतबार
राजनीति

मुलुकलाई कस्तो बनाउने भन्ने नयाँ पुस्ताले सोच्ने बेला आयोः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश समृद्ध बनाउने सामूहिक संकल्प गर्न सबैलाई आग्रह गरेका छन्।

नेपाल वुद्धिजीवी परिषद् प्रदेश नं १ को प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले वुद्धिजीवीले योजनाबद्ध ढंगले युवालाई मुलुक उन्नतीशील, समृद्ध बनाउने अभियानमा डोर्‍याउनुपर्नेमा जोड दिए।

पूर्व प्रधानमन्त्री ओलीले नयाँ पुस्ताले मुलुकलाई कस्तो बनाउने भन्ने सोच्ने बेला आइसकेको उल्लेख गर्दै आकांक्षा, सपनालाई सार्थक र सुन्दर भविष्य निर्माणका लागि सही मार्गदर्शन दिनका लागि परिषद्लाई आग्रह गरे।

उनले समाजलाई परिवर्तन गरी गतिशील बनाउन वुद्धिजीवीको ठूलो भूमिका हुने चर्चा गर्दै मुलुकको विकास गर्न वुद्धिको ज्योति देखाउनुपर्नेमा जोड दिए। आगामी मंसिर ४ गते हुने निर्वाचनमा देशलाई सही बाटोतर्फ डोर्‍याउने पार्टीलाई सचेत तथा सजग बनाइ आमनेपाली जनताका मतदानबाठ हाम्रो पार्टीले सरकार निर्माण गराउने विश्वास व्यक्त गरे।

प्रदेश संयोजक इन्छापूर्ण राई र एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल लगायतले गरिबीको अन्त्य, रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रण गर्ने पार्टीलाई विजयी गराउनुपर्ने विचार राखे। अधिवेशनमा १४ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको छ।

प्रकाशित: २५ भाद्र २०७९ २१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App