७ आश्विन २०८१ सोमबार
image/svg+xml

अंगीकृतका हकमा निश्चित समयपछि मात्र नागरिकता पाउने व्यवस्था हुनुपर्छः अध्यक्ष ओली

शुक्रबार पार्टीको केन्द्रिय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले भनेका छन्, ‘नागरिकता प्राप्त नगर्दासम्मको अवधिमा बैवाहिक अंगीकृतहरुलाई बसोबासका लागि परिचय पत्र वितरण गर्ने र व्यवसायलगायत काममा लागि सहज तुल्याइनुपर्छ।’

हाम्रो शक्तिको स्रोत आमजनता हुन्, समूहका टाउका होइनन्ः ओली (१९ पृष्ठको राजनीतिक प्रतिवेदनसहित)

‘आज गठबन्धन दलहरु एक्लै लड्न डराइरहेका छन्। र, जसरी पाँच दलमाथि नयाँ दलहरु थपेर हामीलाई एक्ल्याउने कोशिस गरिरहेका छन् यसले उनीहरुको शक्ति, सामथ्र्य र मनोवललाई होइन, कमजोरी निरिहता र धरमराइरहेको आत्मविश्वासलाई प्रतिविम्बित गर्छ। हाम्रो शक्तिको स्रोत आमजनता हुन, समूहहरुका टाउकाहरु होइनन’,

जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन ओलीको निर्देशन

‘यस निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा, भयरहित परिस्थितिमा, भयरहित वातावरणमा हामीले सम्पन्न गर्नुपर्नेछ। यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउन हामीले प्रभावकारी भुमिका खेल्नुपर्दछ। यसका निम्ति हाम्रो सरकारसँग वार्ता, कुराकानी र दवाब। र त्यसै गरेर राज्यका निर्वाचनसँग सम्बन्धित विभिन्न अंग र निकायहरुसँग हामीले सम्वाद पनि गर्नुपर्दछ। र बेठिक कुरा गर्नबाट उनीहरुलाई रोक्नु पनि पर्दछ।'

आज एमाले केन्द्रीय कमिटी बैठक बस्दै

पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको रिजालले जानकारी दिए।

मानमर्दन गरियो: ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक बहुमतका आधारमा जबरजस्ती पास गराई सरकारले राष्ट्रपतिको मानमर्दन गरेको बताएका छन्।

ओली गुटले नागरिकता विधेयक विरोध गर्नु राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न खोज्नु होः प्रचण्ड

‘राजनीतिक स्थायित्व र विकासको सपना देखेर हामीले नेकपा बनाएका थियौँ। केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो, उनले भने, ‘तर दुर्भाग्य, जे सपना देखेर गरेका हौँ। त्यो सपना चकनाचुर भयो।’

प्रतिपक्षसँग सल्लाह नगरी काम गरेको भन्दै प्रधानमन्त्री देउवासँग एमाले अध्यक्ष ओलीको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारले प्रमुख प्रतिपक्ष दलसँग कुनैपनि सल्लाह नगरी एकलौटी ढंगले काम गरिरहेको भन्दै आपत्ति जनाएका छन्।

ओली र प्रधानमन्त्री देउवाबीच भेटवार्ता: के-के कुराकानी भयो?

अध्यक्ष ओलीसँगै एमालेका नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेल पनि बालुवाटार पुगेका थिए। भेटवार्तामा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।

देउवालाई भेट्न बालुवाटार पुगे ओली

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।

ओली–रिजालबीच अर्थपूर्ण भेट

कांग्रेस नेता एवं सांसद डा. मीनेन्द्र रिजालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निजी निवास बालकोट पुगेर भेट गरेका छन्।

गिरिलाई श्रद्धाञ्जली दिन ओली पुगे आर्यघाटमा

एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन्। शनिबार राति निधन भएका गिरिको अहिले पशुपति आर्यघाटनमा अन्तिम दाहसंस्कारको काम भइरहेको छ।

प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन्।

यो गठबन्धन देशद्रोही हो: केपी ओली

बुधबार झापामा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पाँच दलीय गठबन्धनले देश बनाउने एमालेको लक्ष्यलाई पूरा गर्न नदिएको आरोप लगाएका छन्।

निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छः अध्यक्ष ओली

'लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन', उनले भने।

यो देशलाई माथि उठाउन एमाले चाहिन्छः ओली

‘तराई मधेशलाई झुक्याउन खोजियो। तराई मधेशलाई झुक्याएर गलत बाटोमा लान खोजियो। आज तराई मधेश जागरुक भएको छ। र, सही बाटो पहिल्याउँदै अगाडि बढेको छ। पाँच दलीय गठबन्धन। अझ त्यो नपुगेर त्यसलाई विस्तार गर्नका लागि कुँदिराखेका छन्। कहिले आठ दलीय गठबन्धन बनाउने, कहिले के बनाउने भनेर। यो गठबन्धन किन बनाउनु पर्‍यो? यति साह्रो गठबन्धन किन बनाउन पर्‍यो।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्