२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिपक्षसँग सल्लाह नगरी काम गरेको भन्दै प्रधानमन्त्री देउवासँग एमाले अध्यक्ष ओलीको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारले प्रमुख प्रतिपक्ष दलसँग कुनैपनि सल्लाह नगरी एकलौटी ढंगले काम गरिरहेको भन्दै आपत्ति जनाएका छन्।  

अध्यक्ष ओली बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेटन उपाध्यक्षद्धय सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेललाई लिएर बालुवाटार पुगेका थिए।  

झण्डै दुई घण्टा लामो वार्ता पछि उनीहरु त्यहाँबाट बाहिरिएका थिए। बाहिरिने क्रममा एमाले उपाध्यक्ष सुवास नेम्वाङले सरकारले एकलौटी ढंगले विधेयकहरु ल्याएको प्रति प्रधानमन्त्री देउवासँग आपत्ति जनाएको जानकारी दिए।  

‘हामीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य, निरुपण तथा मेलमिलाप आयोग विधेयक, नागरिकता विधेयक ल्याउँदा हामीसँग कुनैपनि परामर्श गरिएन। यही बिषयमा आपत्ति रह्यो’, उनले भने।  

नेम्वाङका अनुसार ओलीले गठबन्धन गरेर गएपनि निषेधको राजनीति नगर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए। ‘अध्यक्षले स्वच्छ प्रतिस्पर्धा गर्नुहोस, अपवित्र गठबन्धन नगर्नुहोस र निषेधको राजनीति पनि नर्गुहोस भन्नुभएको छ’, उनले भने।  

अध्यक्ष ओलीलले महँगी बढेको तर्फ पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: ८ भाद्र २०७९ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App