सांसदहरूको शपथग्रहण ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गराउने
संघीय संसद् सचिवालयका अनुसार सभामुख चयन नहुँदासम्म संवैधानिक व्यवस्था तथा संसदीय अभ्यासअनुसार उपस्थित सदस्यहरूमध्ये उमेरका आधारमा ज्येष्ठ सदस्यले शपथग्रहण गराउने प्रावधान छ।
संघीय संसद् सचिवालयका अनुसार सभामुख चयन नहुँदासम्म संवैधानिक व्यवस्था तथा संसदीय अभ्यासअनुसार उपस्थित सदस्यहरूमध्ये उमेरका आधारमा ज्येष्ठ सदस्यले शपथग्रहण गराउने प्रावधान छ।
इटहरीमा जारी स्वर्गीय पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताअन्तगत शनिबार हुने भनिएको फाइनल खेल स्थगित भएको छ।
भोजपुरको दावामा जन्म लिएर मोरङको विराटनगरलाई शिक्षादीक्षाको क्षेत्र मान्दै मैले काठमाडाैंलाई कर्मभूमि बनाएकी छु।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वीरगञ्जस्थित नारायणी रंगशालामा जारी कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल वर्षाका कारण बीचमै रोकिएको छ।
वाग्मती सफाइ महाअभियानका क्रममा सिनामङ्गलस्थित वाग्मती पुल क्षेत्रमा सफाइ गरी तीन मेट्रिकटन नकुहिने फोहर व्यवस्थापन गरिएको छ।
सामाजिक सञ्जाल प्रयोग गरी अनलाइन ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीले ठगीमा संलग्न रहेको आरोपमा स्याङ्जाका एक युवकलाई काठमाडौंको थानकोट क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
दक्षिण कोरियाको मध्य शहर डेजेओन स्थित एक अटो पार्ट्स कारखानामा भीषण आगलागी भएको छ। अधिकारीहरूका अनुसारहालसम्म कम्तीमा १० जनाको मृत्यु भएको छ। ५९ जना घाइते भएका छन्। चार जना बेपत्ता छन्।
मौसमविद्हरूले आइतबारदेखि काठमाडौंलगायत देशभरि क्रमशः मौसम खुल्ने अनुमान गरेका छन् ।
सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा जिल्ला मार्फत पहाडी जिल्ला र राजधानी लगायत धेरै सहरमा लागूऔषध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ।
जानकारी अनुसार इरानले प्रहार गरेका दुई मध्यम दूरीका क्षेप्यास्त्रले लक्ष्यमा भने प्रहार गरेनन्। एउटा क्षेप्यास्त्र उडानकै क्रममा असफल भयो भने अर्कोलाई अमेरिकी युद्ध पोतले रोक्ने प्रयास गर्यो। यो सैन्य आधार इरानी क्षेत्रबाट करिब चार हजार किलोमिटर टाढा छ।
वर्षौंदेखि थन्किएका काला फाइलहरू आधिकारिक रूपमा खोलिने र प्रतिवेदनको आधारमा भ्रष्टाचारमा संलग्न जोसुकै भए पनि कारबाही प्रक्रिया अगाडि बढाइने गुरुङको भनाई छ।
दक्षिण कोरियाको डेइजोन मा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले चट्याङका बेला अपनाउनुपर्ने सावधानीका उपाय सार्वजनिक गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा मधेसी समुदायको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
शनिबार सम्पन्न हुनुपर्ने प्रतियोगिता निरन्तर वर्षाका कारण प्रभावित भएपछि हालसम्म पाएको नतिजालाई आधार मानेर विजेता घोषणा गर्ने आयोजक नेपाल हवाई खेलकुद संस्था (ना) को तयारी छ।