७ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

पानी परेपछि भोलिलाई सर्‍यो कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि भिडन्त

इटहरीमा जारी स्वर्गीय पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताअन्तगत शनिबार हुने भनिएको फाइनल खेल स्थगित भएको छ। 

प्रतिकुल मौसमका कारण आजको फाइनल खेल स्थगित गरेर आइतबारको लागि सारिएको आयोजकले जनायो।

फाइनल खेलमा बसाहा क्लब उदयपुर र लोहोरुङ् एफसी संखुवासभा प्रतिस्पर्धा गर्नेछन्।  प्रतियोगिताको विजेता टीमले चार लाख चार हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता टीमले दुई लाख दुई हजार दुई सय नगद पुरस्कार पाउनेछन्।

दोस्रो सेमिफाइनल खेलमा आयोजक योङ् ब्रदर्श क्लबलाई १–० गोल अन्तरले हराउँदै बसाहा क्लब फाइनलमा प्रवेश गरेको थियो। यसअघि टाइब्रेकरका आधारमा बसाहाले न्यू स्टार क्लब बराहक्षेत्र सुुनसरीलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको थियो।  

यस्तै, पहिलो सेमिफाइनल खेलमा केराबारी फुटबल क्लब मोरङ्लाई १–० गोल अन्तरले हराउँदै लोहोरुङ् संखुवासभाले फाइनलको यात्रा सुरक्षित गरेको थियो। पहिलो चरणको खेलमा भने संखुवासभाले ३–२ गोल अन्तरले चुत्तन स्पोर्टिङ् क्लब तेह्रथुमलाई हराएर सेमिफाइनलको यात्रा सुरक्षित गरेको थियो।

प्रकाशित: ७ चैत्र २०८२ १५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App