२० आश्विन २०८१ आइतबार
image/svg+xml

दोषीबाट चार करोड ३६ लाख जरिवाना असुल गर्न बाँकी

'गत आवमा अघिल्लो आर्थिक वर्षदेखि जिम्मेवारी सरेर आएका १४ र गत आवमा थपिएका ३१ वटामध्ये गत आवमा ३३ वटा मुद्दाको फैसला कार्यान्वयन भएको छ,' उनले भने, 'फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी, स्थानीय प्रशासन, मालपोत, नापी, स्थानीय तह र वडा कार्यालयमा लगत पठाएर सहयोग माग्नाका साथै विभिन्न समयमा कर्मचारी खटाउने गरिएको थियो।'

नेपाल बैंक लिमिटेडलाई दुष्कृतिजन्य कार्य गरेको अभियोगमा दोषी ठहर

अदालतले वादी मेरिङ्देन गाउँपालिका वडा नं ३ दोभान बजारमा हार्डवेयर पसल गरी बस्ने जीवनप्रसाद पौडेललाई दृष्कृति गरेको ठहर गर्दै नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालय धर्मपथ काठमाडौँ र नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाले १ करोड ३ लाख ११ हजार ४ सय ३८ रुपैयाँ ७५ पैसा क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीले जानकारी दिए।

घुस बार्गेनिङ प्रकरण: स्पष्टीकरण नदिए कारबाही

काठमाडौं जिल्ला अदालतका न्याया–धीशसँग घुस बार्गेनिङको फोन वार्ता गरेको सम्बन्धमा नेपाल बार काउन्सिलले अधिवक्ता रुद्र पोखरेललाई सात दिनभित्र स्पष्टीकरण नदिए कारबाही गर्ने चेतावनी दिएको छ।

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात वर्ष कैद

होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको थियो। दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडियो सार्वजनिक भएको थियो।

सर्वनाम शिक्षालयका वार्डेन पुर्पक्ष थुनामा

राजधानीको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेलका वार्डेन रामजी बस्नेत यौन दुर्व्यवहारको आरोपमा जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले बिहीबार उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो।

अदालतका तहसिलदार घुससहित पक्राउ

गोरखा जिल्ला अदालतका तहसिलदार रामचन्द्र केसी घुससहित पक्राउ परेका छन्। बिहिबार राती अदालत नजिकैको एक होटलमा सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखराको टोलीले उनलाई पक्राउ गरेको हो।

पाण्डेविरुद्ध जिल्ला अदालतमा मुद्दा

बलात्कारको अभियोग लागेका ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’ का सञ्चालक मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले आज यसअघि गत चैत २५ गते बतास समूहका पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो। यो आदेशसँगै उक्त समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने भएको छ।

बाह्र वर्षीया बालिका बलात्कार आरोपीलाई ८ वर्ष कैद

बाह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका एक आरोपितलाई आज ८ वर्ष कैद सजाय सुनाइएको छ।

नवलपुर अदालतमा पलको बयानः आज बहस

नवलपुर जिल्ला अदालतले शाहको बयान लिएको छ। न्यायाधीश अर्जुन अधिकारीसमक्षउनले बयान दिएको जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए। ‘बयान सकिएको छ। बुधबारदेखि थुनछेक बहस सुरु हुन्छ,’ उनले भने।

ढुङ्गा र हँसिया प्रहार गरी श्रीमानको हत्या

एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन्। सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

शोभराजलाई जेलमुक्त गर्न नमिल्ने सरकारको जबाफ

जिल्ला अदालत भक्तपुरको फैसला अनुसार शोभराजले जन्मकैद अनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्नेछ। उनी २०८० साल असोज १ सम्म कारागारमा बस्नुपर्नेछ। शोभराजले आफुले २० वर्ष सजाय तोकिएको मध्ये १७ वर्षभुक्तान गरिसकेको दाबी गर्दै आफु असल चालचलन भएकाले रिहाइका लागि यसअघि नै सिफारिस भइसकेको दाबीसमेत रिट निवेदनमा गरेका थिए।

महिलालाई खुट्टाको पैतालो चटाउने दुई धामीसहित तीनजना धरौटीमा छुटे

जिल्ला अदालत सुर्खेतले लेकवेशी नगरपालिका–४ सिमलेमा ज्ञवाली बन्धुहरुको कुलपूजामा बोक्सी आरोप लगाउँदै महिलालाई कुटपिट गर्दै खुट्टाको पैतालो चटाउने दुई धामी र एक पुजारीलाई जनही एक–एक लाख रुपैयाँमा धरौटीमा छोड्न आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्