१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात वर्ष कैद

राउटे समुदायका दुई युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई जिल्ला अदालत सुर्खेतले सात वर्षको कैद सजाय सुनाएको छ। यस्तै जनही दुई लाख रुपैयाँ जरिवाना पनि अदालतले गरेको छ। होटल सञ्चालकलाई भने अदालतले तीन वर्ष ६ महिना कैदका साथै एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

जिल्ला न्यायाधिश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने चौमन घर्ती मगर र भूपेन्द्र बुढा मगरलाई सात/सात वर्ष कैद र जनही २ लाख रुपैयाँ जरिवाना तथा होटल सञ्चालक मनबहादुर पुनलाई तीन वर्ष छ महिना कैदका साथै एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो।

जेल तथा जरिवाना तोकिएका २०७८ असार १६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन्। मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको थियो।

दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडियो सार्वजनिक भएको थियो। यो घटना हुँदा राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बसिरहेका थिए।

प्रकाशित: २४ असार २०७९ ०८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App