२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महिलालाई खुट्टाको पैतालो चटाउने दुई धामीसहित तीनजना धरौटीमा छुटे

जिल्ला अदालत सुर्खेतले लेकवेशी नगरपालिका–४ सिमलेमा ज्ञवाली बन्धुहरुको कुलपूजामा बोक्सी आरोप लगाउँदै महिलालाई कुटपिट गर्दै खुट्टाको पैतालो चटाउने दुई धामी र एक पुजारीलाई जनही एक–एक लाख रुपैयाँमा धरौटीमा छोड्न आदेश दिएको छ। जिल्ला न्यायाधीश मनोज श्रेष्ठको एकल इजलासले वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय पुजारी भूपेन्द्र ज्ञवाली, वडा नम्वर ७ का धामी भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का मिलन ज्ञवालीलाई धरौटीमा छोड्न आदेश दिएको हो।

पुस ४ गते ज्ञवाली बन्धुको कुलपूजामा आएकी बाँकेकी महिलालाई दुई धामीले कुटपिट गर्दै खुट्टाको पैतालो चटाउँदै गरिएको भिडियो सार्वजनिक भएको थियो। राष्ट्रिय महिला आयोग र प्रहरी प्रधान कार्यालयले कुलपूजामा सहभागी महिलालाई कुटपिट गर्ने खुट्टाको पैतालो चटाउनेलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई निर्देशन दिएको थियो।  

पीडित भनिएकी महिलाले उजुरी नदिएपछि प्रहरी प्रतिवेदनका आधारमा मुद्दा प्रक्रिया अघि बढाइएको थियो। प्रहरीले पुस १६ गते सरकारी वकील कार्यालयमतर्फ अनुसन्धान प्रतिवेदन अदालतमा बुझाएको थियो।

प्रकाशित: २३ पुस २०७८ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App