१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अदालतका तहसिलदार घुससहित पक्राउ

गोरखा जिल्ला अदालतका तहसिलदार रामचन्द्र केसी घुससहित पक्राउ परेका छन्। बिहिबार राती अदालत नजिकैको एक होटलमा सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखराको टोलीले उनलाई पक्राउ गरेको हो।

नगद १५ हजारसहित उनी पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनाएको छ। घटनास्थलको मुचुल्का गरेर केसीलाई राती नै पोखरा लगिएको छ। अदालतमा लामो समयसम्म काम नभएका एक जना सेवाग्राहीको काम गरिदिने भन्दै केसीले थप रकम मागेका थिए।

पैसा मागरेपछि अख्तियार गुहार्न पुगेका सेवाग्राहीको सुराकीको आधारमा केसी रङ्गेहात पक्राउ परेका हुन्। केसी गत स्थानीय तह निर्वाचनमा मूख्य निर्वाचन अधिकृतको कार्यालयमा सहायक निर्वाचन अधिकृतको रुपमा पनि कार्यारत थिए। अदालतको काममा सेवाग्राहीलाई दुःख दिने गरेको आरोप उनीमाथि लाग्दै आएको थियाे।

प्रकाशित: १७ असार २०७९ ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App