२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अदालतका तहसिलदार घुससहित पक्राउ

गोरखा जिल्ला अदालतका तहसिलदार रामचन्द्र केसी घुससहित पक्राउ परेका छन्। बिहिबार राती अदालत नजिकैको एक होटलमा सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखराको टोलीले उनलाई पक्राउ गरेको हो।

गोरखा जिल्ला अदालतमा दिनहुँ सम्बन्ध बिच्छेदका मुद्धा

निषेधाज्ञाको समयमा पनि २०७७ असारदेखि २०७८ असार सम्म तीन सय ५१ वटा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता भएको जिल्ला न्यायाधिश दिनबन्धु बरालले बताए।

गोरखा जिल्ला अदालतको सेवा नयाँ भवनबाट

गोरखा जिल्ला अदालतले नयाँ भवनबाट सेवा सुरु गरेको छ । जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) र निर्माण कम्पनीले हस्तान्तरण नगर्दा निर्माण कार्य सम्पन्न भएको लामो समयसम्म भाडाकै घरबाट सञ्चालन भइरहेको अदालतले नयाँ भवनबाट काम सुरु गरेको हो ।

नयाँ भवन हस्तान्तरण नहुँदा भाडाको घरमा अदालत

गोरखा जिल्ला अदालतको भवन गत असारमा निर्माण कार्य पूरा भएको थियो। तर, अहिलेसम्म हस्तान्तरण हुन सकेको छैन। भवन निर्माण कार्य पूरा भएको लामो समयसम्म पनि हस्तान्तरण नहुँदा भाडाको घरबाट काम सञ्चालन गर्नु परेको छ। जिल्लाकै ठूलो र सुविधा सम्पन्न रहेको जिल्ला अदालत भवन हस्तान्तरण नहुँदा मासिक ६४ हजार रूपैयाँ घर भाडामा खर्च गर्नुपर्ने बाध्यता रहेको छ।

भवन बनेको सात महिनासम्म हस्तान्तरण भएन

गत असारमा निर्माण पुरा भएको गोरखा जिल्ला अदालतको भवन निर्माण गर्ने कार्यालय र कम्पनिको हेलचक्रयाइँले सातमहिनासम्म हस्तान्तरण हुन सकेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्