२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक शुरु

बैठक पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा शुरु भएको हो। बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा अप्रत्याशित घटना भइ गठबन्धन भंग भएको बताए।

नेकपा एसलाई गाभेर ठुलो दल बन्ने एमाले प्रयास

मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि नै नेता नेपालसँग निरन्तर भेटघाट गरिरहेका एमालेका नेताहरूले संवाद सकारात्मक दिशातर्फ उन्मुख भएको बताएका छन्।

संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउँछुः रामसहायप्रसाद यादव

जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउने बताएका छन्।

जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध

जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन्।

जसपा र नाउपा किन गएनन् सरकारमा ?

प्रतिनिधिसभामा जसपाका १२ र नाउपाका ३ सांसद छन्। नाउपाले संस्थापक सल्लाहकार रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने नीति लिएको छ।

लोसपा कता?

प्रतिनिधिसभामा चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने गठबन्धनमा पार्टी सहभागी नभएको बताएका छन्।

प्रधानमन्त्रीमा दाहालको नाटकीय छलाङ

सरकारको पाँचवर्षे कार्यकालको सुरुको साढे दुई वर्ष दाहाल र त्यसपछि ओली प्रधानमन्त्री हुने सहमति भएको छ। एमालेले राष्ट्रपति र सभामुख पद पनि पाउने सहमति भएको छ।

माओवादीको हैसियत नभए पनि प्रधानमन्त्रीका लागि दाबी छः महरा

नेपालगन्जमा प्रेस सेन्टर बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीको प्रवक्तासमेत रहेका महराले यसका लागि आवश्यक छलफलसमेत भइरहेको बताए।

कांग्रेस गठबन्धनमा जोडिने प्रयासमा जसपा

जसपाका एक नेताले भने, ‘अध्यक्षज्यूको यस भनाइबाट जसपा नेपाली कांग्रेस–माओवादी गठबन्धनमा फर्कन चाहेको देखिएको छ।’

नेकपा एसद्वारा राष्ट्रपतिमा खनाललाई प्रस्ताव

त्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

संसदीय दलको नेता चयन गर्न एकीकृत समाजवादीको बैठक बस्दै

संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल नै सर्वसम्मत हुने निश्चित जस्तै छ।

रास्वपा, राप्रपा र जसपामा दुई धार

स्रोतका अनुसार रास्वपाका केही सांसदले सरकारमा जाने इच्छा देखाएका छन्। यस विषयमा उक्त पार्टीले औपचारिक रूपमा भने केही निर्णय गरेको छैन। तर रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले आफ्नो पार्टीले चुनावी घोषणापत्रमार्फत उठाएका मुद्दा सम्बोधन हुने अवस्था आए सरकारमा सहभागी हुन सकिने बताए।

सरकारमा जाने लोसपाको निर्णय

लोसपाका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धनमा रहनुपर्ने आवश्यकता औँल्याए।

वामपन्थीहरू सरकारबाहिर !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच वर्षे सरकारको आधाआधा कार्यकालमा आफू सुरुका दुई वर्ष प्रधानमन्त्री बन्न पाउनुपर्ने प्रस्ताव गरेपछि कांग्रेसकै योजनामा यो अध्यादेश आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्