२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेकपा (एकीकृत समाजवादी) ले बुझायो समानुपातिक सदस्यको नाम

नेकपा (एकीकृत समाजवादी) ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ।

कसरी चुनिन्छन् राष्ट्रपति र उपराष्ट्रपति?

प्रत्यक्षतर्फको मत परिणामको टुंगो लागिसक्दा सत्ता गठबन्धन प्रमुख दल नेपाली काँग्रेस प्रत्यक्षतर्फ ५७, नेकपा एमाले ४४, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, राष्ट्रिय स्वतन्त्र पार्टी ७, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ४, नागरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी १, राष्ट्रिय जनमोर्चाले १ र स्वतन्त्रहरु ५ जनाले चुनाव जितेका छन्।

बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) मा समाजवादीका नरेश शाही विजयी

नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीलाई २३४१ मत अन्तरले पराजित गर्दै शाही विजयी भएका हुन्।

दुर्घटनापीडित परिवारलाई नेकपा एसका अध्यक्ष नेपालले दिए निष्पक्ष जाँचको आश्वासन

उनले पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष छानबिन गराउने आश्वासन दिएका छन्।

गठबन्धन सरकारमा जान जनमत र लोसपा तयार

जनमत पार्टीका अध्यक्ष सिके राउतले बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भएको भेटवार्तामा वर्तमान सत्ता गठबन्धनसँग सरकारमा सहकार्य गर्न सहमति जनाएका छन्।

सत्तारुढ गठबन्धनलाई अगाडी बढाउछौं: नेपाल

नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडी बढाउनुपर्ने पक्षमा उभिएको छ।

सरकार कसको नेतृत्वमा भन्ने कुरा निर्वाचनपछि मात्र थाहा हुन्छः अध्यक्ष यादव

उनले यस विषयमा अहिले नै प्रतिक्रिया दिनु हतार हुने धारणा राखे। दलबीच विभिन्न गठबन्धन हुनु पनि लोकतन्त्रको अभ्यास भएको उनको टिप्पणी थियो।

बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मतदान

उनले मतदातासँग लाइनमै बसेर मतदान गरेका हुन्। मतदानपछि प्रतिक्रिया दिदैँ पाण्डेले आफ्नो जित सुनिश्चित भएको दाबी गरे।

'मेरो निम्ति यो अन्तिम चुनाव हो, अबको ५ वर्षमा इलामको काँचुली फेरिन्छ'

मैले २०२६ सालदेखि नै इलाममा कम्युनिस्ट पार्टी विस्तारका लागि काम गरेको हुँ। एमालेको नीति, कार्यदिशा, सिद्धान्त, लक्ष्य बनाउने कामको नेतृत्व पनि मैले गरेको हुँ। तर, नवौं महाधिवेशपछि आएको नेतृत्व दक्षिणपन्थी अवसरवादी, भ्रष्ट, विखण्डनकारी, अराजक भयो। त्यसपछि हामीले विद्रोह गर्नुपर्‍यो।

केपी ओलीकै कारण संविधान धरापमा पर्‍यो: दाहाल

उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमान्दार नदेखिएको आरोप लगाए। ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ थियो।

गठबन्धनका सही र सक्षम नेतालाई काठमाडौँका जनताले विजयी गराउनुहुन्छ: भट्टराई

'देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान र मुलुकको विकासका लागि काठमाडौँका जनताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विश्वास मैले लिएको छु', उनले भने।

एमालेले गरेको भ्रष्टाचार र लुटको पैसा निर्वाचनमा खोलो जसरी बगेको छः माधव नेपाल

‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, ढाल्ने काम गर्‍यौं, टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौँ। टक्कर दिएपछि अहिले देखिरहनुभएको छ, केपी ओली बहुलाएको, बर्बराएको, के के उत्पट्याङ कुरा गरिरहेका छन्। यो त संकलन गर्नुपर्छ। केके बोले अहिलेसम्म। झुटा, उनका कुराहरु भनेको आक्रोश, बदलाको भावना हो।'

मकवानपुर २ का उम्मेदवार विरोध खतिवडामाथि हातपात

हातपातमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

लोसपाको घोषणापत्रः चुरे जोगाऔँ, मधेश जोगाऔँ अभियान, नागरिकता वितरणको सुनिश्चितता

'देशमा रहेका सबै राष्ट्रियताहरुको संवैधानिक ढङ्गबाट समूचित सम्मान र पहिचान कायम गराउँदै राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण राख्न लोसपा दृढ संकल्पित छ, नेपाल बहुराष्ट्रिय राज्य भएकाले राष्ट्रियतामा विविधता र एकतामा अनेकता खोज्न जरुरी छ', घोषणापत्रमा भनिएको छ।

जेलमा रहेका साथीलाई निकाल्नु छ, निर्वाचनमा गठबन्धन गर्नु लोसपाको बाध्यता होः महन्थ ठाकुर

'जेलमा रहेका साथीहरुलाई निकाल्नुपर्ने छ, झुठा राजनीतिक मुद्दा खारेज गराउनुपर्ने छ, नागरिकता र संविधान संशोधनको मुद्दा सम्बोधन गराउनुपर्ने छ। साथै मधेस र मधेसीलाई अधिकार सम्पन्न बनाउनु पर्ने छ। त्यसैले गठबन्धन लोसपाको बाध्यता हो।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्