१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मतदान

बाग्मती प्रदेशका मुख्यमन्त्री एवं नेकपा  (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले मतदान गरेका छन्।  धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका मुख्यमन्त्री पाण्डेले गजुरी गाउँपालिका–२ को वडा कार्यालय मतदान केन्द्रमा मतदान गरेका हुन्। उनले मतदातासँग लाइनमै बसेर मतदान गरेका हुन्।  मतदानपछि प्रतिक्रिया दिदैँ पाण्डेले आफ्नो जित सुनिश्चित भएको दाबी गरे।  

पाण्डेसँग नेकपा (एमाले) का जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठी प्रतिस्पर्धामा छन्। त्रिपाठीले बेनिघाट रोराङ गाउँपालिका–३ को बागेश्वरी माविको मतदान केन्द्रबाट मतदान गरेका छन्। धादिङ क्षेत्र नं २ प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामनाथ अधिकारीले नीलकण्ठ नगरपालिका(६ को वडा कार्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का खेमप्रसाद लोहनीले ज्वालामुखी गाउँपालिका–७ सालबास मावी मतदान केन्द्रबाट मतदान गरेका छन्।

बागमती प्रदेशका आर्थिक मामिला योजना मन्त्री शालिकराम जम्मकट्टेलले गजुरी गाउँपालिका(७ कटुञ्जे किराञ्चोक मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।  त्यस्तै पूर्व गृहमन्त्री तथा राप्रपा उपाध्यक्ष बुुद्धिमान तामाङले रुविभ्याली गाउँपालिका–४ को मुक्राबदेवी माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्।  साथै पूर्व जलस्रोत राज्यमन्त्री ठाकुरनाथ शर्माले गजुरी गाउँपालिका–१ को आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।

प्रकाशित: ४ मंसिर २०७९ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App