coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादीको हैसियत नभए पनि प्रधानमन्त्रीका लागि दाबी छः महरा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले समाजवादी विचार धार अंगालेका शक्तिहरुको एउटा मञ्च निर्माण गर्न थालेका बताएका छन्। नेपालगन्जमा प्रेस सेन्टर बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीको प्रवक्तासमेत रहेका महराले यसका लागि आवश्यक छलफलसमेत भइरहेको बताए।

अहिलेको आवश्यकता भनेको समाजवादी विचार धार भएका शक्तिहरु एकजुट हुनु भएको भन्दै उनले भने, ‘यसका लागि दलहरुसँग छलफल भइरहेको छ।’ समाजवादी दलहरुको मञ्च निर्माणका लागि नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा एकीकृत समाजवादी, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह, धर्मेन्द्र बाँस्तोलालगायतका पार्टीसँग छलफल भएको उनले बताए। ‘यसका लागि छलफल चलिरहेको छ। छलफलमा सबै सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘यसलाई पूर्णता दिन सक्रियरुपमा लागेको छुँ। फेरि पनि छलफललाई निरन्तरता दिन्छौं।’ समाजवादी विचार धारलाई संगठित गर्न नेकपा माओवादीले महरालाई जिम्मेवारी दिएको छ।  

साथै नयाँ सरकार निर्माणका विषयमा उनले गठबन्धनकै सरकार बन्ने बताए। ‘माओवादीको हैसियत नभए पनि प्रधानमन्त्रीका लागि दाबी छ,’ उनले भने, ‘सरकार गठबन्धनकै बन्छ।’ प्रधानमन्त्री छनोटका लागि राष्ट्रपतिले दिएको मिति नजिकै आएको भन्दै उनी भन्छन्, ‘सरकारको नेतृत्वका विषयमा व्यापक छलफल भएको छ। पहिलो समयसीमा सकिए पनि राष्ट्रपतिले दोस्रो समय तोक्नु हुन्छ भन्ने मलाई लागेको छ।’

प्रकाशित: ९ पुस २०७९ ११:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App