८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक शुरु

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक शुरु भएको छ। बैठक पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा शुरु भएको हो। बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा अप्रत्याशित घटना भइ गठबन्धन भंग भएको बताए।  

उनले राजनीतिमा नयाँ किसिमको चुनौति देखापरेको र यसलाई आगामी दिनमा सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए। बैठकले आफ्नो पार्टी नयाँ गठबन्धनको सरकारमा जाने/नजाने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ। यसअघि पनि अध्यक्ष नेपालले भर्चुअल बैठकबाट सरकारमा सहभागि हुने वा नहुने भन्नेबारेमा भुगोलका नेताहरुसँग छलफल गरेका थिए। स्थायी कमिटीको बैठक अहिले पार्टी कार्यालयमा जारी छ।

प्रकाशित: १६ पुस २०७९ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App