१ मंसिर २०८१ शनिबार
image/svg+xml

चुरे दोहनले मरुभूमि बन्दै अन्नभण्डार

जिल्लास्थित चुरे क्षेत्र निरन्तर दोहनको मारमा पर्दै आएको छ। जसका कारण मुलुककै अन्नभण्डार तराई क्षेत्र उजाड हुने खतरा बढ्दै गएको छ।

वनजंगल र जलसम्पदा दोहनले बिपतका घटना बढ्दै

उदयपुरका सरोकारवालाहरूले प्राकृतिक सम्पदाको दोहन गरेका कारण बिपतका घट्ना बढ्दै गएको बताएका छन्।

कालिगण्डकी दोहन रोक्न अदालतको आदेश

उच्च अदालत पोखराको बागलुङ इजलासले कालिगण्डकी नदीमा डोजर, स्काभेटर प्रयोग गरेर गिटी, बालुवा निकाल्न रोक लगाएको छ। बागलुङ नगरपालिका—१ का टेकबहादुर सार्कीले कालिगण्डकी नदीको वहाव परिवर्तन गर्ने गरी ढुंगा, गिटी, बालुवा झिक्दा वातावरणीय रूपमा नकारात्मक प्रभाव परेकाले त्यसलाई रोक्न माग गर्दै दिएको निवेदनमा अदालतले निषेधाज्ञायुक्त परमादेश जारी गरेको हो।

प्राकृतिक दोहनसम्बन्धिको कार्यविधी तयार

अतिक्रमित प्राकृतिक स्रोत साधनको दोहन रोक्न कार्यविधी तयार गरिएको छ। प्रदेश ४ भित्र अतिक्रमणमा परेका खोला, ढुंगा, बालुवा, गिटी, सार्वजनिक जग्गाहरु सहितका सबै प्राकृतिक स्रोत साधनहरुलाई व्यवस्थित गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कार्यविधी तयार पारेको हो।

‘वडामा प्राकृतिक स्रोतको दोहन भइरहेको छ’

लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । कर्मचारीतन्त्रकै भरमा सञ्चालन हुँदा स्थानीय तह भद्रगोल शैलीमा चल्दै आएको थियो । हामी निर्वाचित भएर आएसँगै पहिलो चरणमा वडाले दिने सेवा प्रवाहलाई व्यवस्थित र सेवाग्राही मैत्री बनाउँदै ल्याएका छौँ । लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा विकास निर्माणमा जनताको धेरै अपेक्षा र चाहना रहेका छन् । जनताकै अपेक्षा र समस्यालाई धेरै हदसम्म सम्बोधन गर्न लागिरहेका छौँ।

बाग्मती र लालबकैया नदीमा बढ्यो दोहन

विकास निर्माणका नाममा केही व्यवसायीले खोलाको दोहन गरिरहेका छन् । रौतहटको बागमती र लाल बकैया नदीको गिटी र बालुवामाथि केही व्यवसायीको गिद्दे दृष्टि परेको छ । जिल्लाको विभिन्न स्थानीय तहमा विकास निर्माणको काम चलिरहेको मौका छोपी केही व्यवसायीले खोलाको अवैध दोहन गरिरहेको भए पनि सम्बन्धित निकाय मौन बस्नुले व्यवसायीको मनोबल झन् बढेको छ।

धरहरा दोहनमा महानगर माैन

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुन्धारास्थित धरहरा क्षेत्रमा रहेका संरचना हटाउन निर्देशन दिए पनि काठमाडौं महानगरपालिका चुपचाप बसेको छ । प्राधिकरणले वैशाख २६ गते महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित सरोकारवालाको बैठक राख्दै १५ दिनभित्र धरहरा क्षेत्रका संरचना हटाउन महानगरलाई निर्देशन दिएको थियो । प्राधिकरणले निर्देशन दिएको आइतबार ११ दिन पुग्छ । यतिका दिनसम्म धरहरा क्षेत्रका संरचना हटाउने जिम्मा पाएको महानगरपालिकाले कुनै प्रक्रिया थालेको छैन । महानगरका मेयर विद्यासुन्दर शाक्यले नै यो विषयमा चासो नदेखाएको महानगरकै कर्मचारी बताउँछन् ।

सरकारी मिलेमतोमा खोला दोहन

रौतहटको बागमती नदीमा ठेकेदारहरुले अवैधरुपमा एक्जाभेटर प्रयोग गरेर नदी उत्खनन गरेको देखिएको छ । जिल्ला समन्वय समिति (जिसस) रौतहटले आन्तरिक प्रयोजनका लागि बागमती नदीको गिटी र बालुवा प्रयोग गर्न एक्जाभेटर प्रयोग गर्ने अनुमति दिएको छ।

सुनकोसी नदीमा अवैध दोहन, जनप्रतिनिधिको आडमा व्यवसायीको दादागिरी

सिन्धुलीको सुनकोसी नदीमा पछिल्लो समय अत्याधीक दोहन हुन थालेको छ।

रौतहटमा सरकारी संयन्त्रकै मिलेमतोमा बागमती दोहन

रौतहटको बागमती नदीमा ठेकेदारहरुले अवैधरुपमा एक्जाभेटरको प्रयोग गरेर नदीको उत्खनन गरिरहेका छन्। जिल्ला समन्वय समिति रौतहटले आन्तरिक कामको लागि बागमती नदीको गिटी र बालुवा प्रयोगको लागि एक्जाभेटर प्रयोग गर्ने अनुमति दिएको हो।

हटेन धरहरा क्षेत्रको दोहन

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुन्धारास्थित धरहरा संरक्षणको जिम्मा लिएको साइड वाकर्स ट्रेडर्स प्रालिलाई ‘सक्दो चाडो’ हटाउने निर्णय गरेको छ । धरहरा क्षेत्रमा सम्झौताविपरित व्यापारिक प्रयोजनमा प्रयोग गर्दै आएको प्रालिलाई हटाएर टेन्डर गर्ने वातावरण बनाउन उक्त निर्णय गरिएको हो । बुधबार प्राधिकरणमा बसेको सरोकारवालाको बैठकले गरेको निर्णय कार्यान्वयनको जिम्मा काठमाडौं महानगरपालिकालाई दिएको छ।

जनप्रतिनिधिकै आडमा नदी दोहन

जनप्रतिनिधिकै मिलेमतो र आडमा सुनकोसी तथा इन्द्रावती नदी अप्राकृतिक र अवैधानिक ढंगले तीव्र दोहन गरिएको पाइएको छ।

जनप्रतिनिधिकै आडमा नदी दोहन, स्थानीय तहलाई दिएको अधिकार फिर्ता

जनप्रतिनिधिकै मिलेमतो र आडमा सुनकोसी तथा इन्द्रावती नदी अप्राकृतिक र अवैधानिक ढंगले तीव्र दोहन गरिएको पाइएको छ।

अरुण ३ को औपनिवेशिक दोहन

अधिकांश नेपाली उत्साहित छन्, निकासीमूलक ९ सय मेगावाट जडित क्षमताको अरुण ३ आयोजनाको शिलान्यास हुन लागेकामा। तर सुन्निएकोलाई मोटाएको ठानेपछि पछुताउनुपर्छ। त्यसैले कुरा गहन रूपमा बुझ्न वाञ्छनीय छ।

हुलाकी सडकका नाममा राप्ती दोहन

जिल्लाको राप्तीसोनारी–२, शमशेरगन्जस्थित राप्ती नदीमा केही महिनादेखि दिनरात एक्साभेटर चलिरहेको छ। नदीबाट उत्खनन गरिएका ढुंगा, गिटी, बालुवा ट्रिपरहरूले ५/५ मिनेटको फरकमा किनारतिर ओर्साछन्। हुलाकी सडकका लागि निर्माण सामग्री तयार गर्न भन्दै राप्ती नदीकै छेउमा क्रसर उद्योग पनि सञ्चालन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्